प्रधानमन्त्रीबाट आचारसंहिता उल्लंघन भयोः डा.स्वर्णिम वाग्ले

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ७

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। स्वर्णिम वाग्लेले देशकै प्रधानमन्त्रीले निर्वाचन आचार संहिताको उल्लंघन गर्दै अरु ३ पूर्वप्रधानमन्त्री बोकेर हिँडेको बताएका छन् । अवैध धन छरेर सोझा जनताको भोट किन्ने व्यापक चलखेल सुरु भएको उनको गुनासो छ । उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।

डा.वाग्लेले लेखेको स्टाटस यस्तो छः

देशकै प्रधानमन्त्री निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै अरु ३ जना पूर्वप्रधानमन्त्री बोकेर मुख्यमंत्री र संघीय मंत्रीको पद बाँड्दै हिंड्नु भएको छ । अवैध धन छरेर सोझा जनताको भोट किन्ने व्यापक चलखेल सुरु भइसकेको छ । त्रास देखाउने, धम्की दिने क्रम बढ्दो छ । निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व पुरा गरोस् । यस्तै, विकृत राजनीति विरुद्ध हाम्रो लडाईं हो । तर यसपटक तनहुँका विवेकशील जनताको सामुहिक मत सामु कसैको केही लाग्ने छैन । आमूल सुधार र परिवर्तनको घण्टी बज्छ बज्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका