निर्वाचन आचरसंहिता उल्लघन गरेको भन्दै प्रधानमन्त्री दाहाललाई कारबाही गर्न रास्वपाको माग

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचार संहिताको उल्लंघन गरेको भनदै उनलाई कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको छ । प्रधानमन्त्री दाहालले बुधबार डुम्रेमा तनहुँ क्षेत्र नम्बर १ का गठबन्धनका उम्मेदवारको प्रचार प्रसारमा आयोजित चुनावी सभामा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेको हुँदा उक्त कार्य निर्वाचन आचार संहिता विपरित भएकोले उक्त अभियोगमा प्रधानमन्त्री दाहाललाई कारवाही गर्न रास्वपाले मुख्य निर्वाचन अधिकृत कार्यालयमा उजुरी पत्र दर्ता गरेको छ ।

सत्ता गठबन्धनका उम्मेदबार गोविन्द भट्टराईको प्रचारमा बुधबार बहालवाला प्रधानमन्त्री दाहाल सहित तिन जना प्रधानमन्त्रीहरु सेनाको हेलिकप्टर चढेर डुम्रो आएका थिए । रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले बिहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई निर्वाचन आचरसंहिता उल्लघन गरेकोमा प्रधानमन्त्री दाहाललाई पत्राचार गरि कानुनी दायरमा ल्याउन निवेदन दिएका हुन् ।

साथै प्रधानमन्त्री दाहालले आफ्नो मन्तव्यको क्रममा निर्वाचन आचार संहिता विपरित गठबन्धनका उम्मेदबार भट्टराईलाई जिताएर पठाएमा मन्त्री बनाउने घोषणा गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीहरुले मतदातालाई कुनै प्रलोभन तथा आश्वासन दिनु पनि निर्वाचन आचार संहिता विपरितको कार्य हो ।

यसरी गठबन्धनका उम्मेदवारको प्रचार प्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उदघाटन गर्ने बहानामा सेनाको हेलिकप्टर प्रयोग गरिनु र निर्वाचनको समयमा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएको प्रति ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ ।

प्रधानमन्त्री दाहालको उक्त कार्य निर्वाचन संम्बन्धी कसुर भएको तथा उक्त कार्य निर्वाचन आचारसंहिता २०७९ को दफा ३ बिपरीत भएकोले निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ तथा निर्वाचन कसुर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही गरी पाउँ भनि निवेदन पेश गरिएको सो पार्टीले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत कोमलनाथ आचार्यले उजुरी आएको भन्दै यसबारेमा निर्वाचन आयोगलाई जानकारी गराईने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू