सन्तु र लिलाको ‘म्याग्देली माया’ सालैजो सार्वजानिक

Devghat Online

शेयर गरौ

नबराज कौडाल
काठमाडौं, बैशाख १७

गायक सन्तु थापा र गायिका लिला पुन (समुन्द्र पारी) को स्वरमा सजिएको ‘म्याग्देली माया सालैजो’ गीतको म्युजिक भिडियो शुक्रबारबाट सार्वजनिक भएको छ । जादुमय स्वरका धनी, बहु आयामिक चर्चित गायक सन्तु थापाको स्वर र लय तथा लिला पुन (समुन्द्र पारी) र प्रदिप पोख्रेलको शब्द रहेको गीतको एरेन्ज तेजेन्द्र गुरुङले गरेका हुन् ।

निकै मधुर शैलिमा गाइएको यो गीतको शब्द पनि उत्तिकै उत्कृष्ट रहेको छ् । उक्त रुपी सिन्जालि मगर र प्रेमा रानाले पनि स्वरमा साथ दिएका छन् । मारुनी स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा आनन्द गुरुङ र रिना थापाको अभिनय रहेको छ । क्यामारामा बिजय लामा, श्रृङ्गारमा सबु गुरुङ, साथै ड्रेसमा हेमा गुरुङ रहेका छ्न । भिडियोको निर्देशक तथा कोरियोग्राफरमा दिप गुरुङले गरेका गरेका छ्न् ।

गायक सन्तु थापाको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियो पनि राम्रो बनेको निर्देशक दिप गुरुङ बताउँछ्न् । स्थानीय भाकालाई टपक्क टिपेर जस्ताको त्यस्तै पस्कन सिपालु गायक सन्तु थापाले यो गीत तथा भिडियोलाई उत्कृष्ट बनाउन धेरै मेहनत गरेको बताएका छन् । म्याग्दी जस्तो रमणीय स्थलमा छायांकन गरिएको उक्त भिडियोमार्फत नेपालि मौलिक संस्कृति विश्वसामु चिनाउन धेरै मेहनत गरेको गायक थापाले देबघाट अनलाइनसँगको कुराकानीमा बताए ।

गायनमार्फत स्टेज तताउन सिपालु गायक थापाले यूके, अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, स्पेन, इटाली, लक्जेमवर्ग, पोल्यान्ड, मलेसिया, दुबई, भारतलगायतका देशमा नेपाली गीतसंगीत प्रस्तुत गरिसकेका छन् । साथै थापाले हालसमम चार वटा म्युजिक अवार्ड पनि पाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता