दमौली, जेठ १
अबैध लागु औषध सहित तिन जना पक्राउ परेका छन् । सोमबार बिहान ७ः३० बजेको समयमा आबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले चितवनबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ९१७ न.को बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार रौतहट जिल्ला ईशनाथ नगरपालिका वडा नं.३ बस्ने २० बर्षिय अरुण पटेल, चितवन जिल्ला ईच्छाकामना गाउँपालिका–६ पाँचकिलोकी ५० बर्षिया पुनम गुरुङ र आबुखैरेनी गाउँपालिका–.४ आमबकी ४२ बर्षिया माया गुरुङलाई पक्राउ गरेको हो ।



प्रहरीले पटेललाई पछाडी भिर्ने झोलाबाट डाईजेपाम १९८ एम्पुल,नोरफिन १९८ एम्पुल,फेनारागन १९८ एम्पुल गरी जम्मा ५९४ एम्पुल सहित नियन्त्रणमा लिएको थियो भने गुरुङद्वयको साथबाट गाडीको डिक्किमा राखेको २ वटा लगेज ब्याग र एक जेब्रा झोलामा २४ के.जि.गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले बताए । पक्राउ परेका तिनै जनालाई लागु औषध सहित नियन्त्रणमा लिई थप भई अनुसन्धान कार्य भई रहेको छ ।












