बजेटको सत्तापक्षबाटै विरोध, नेकपा एसका सांसद श्रेष्ठद्वारा रोष्ट्रममै एक मिनेट मौन धारण

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ २६

सरकारले ल्याएको बजेटप्रति सत्तापक्षकै सांसदहरुले विरोध गरेका छन् । शुक्रबारको संसद बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ किसानले संसदको रोष्ट्रममै एक मिनेट मौन धारण गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा श्रेष्ठले बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरुमाथि गरेको अपमान र नागरिकताविहिन जनताहरुको लागि संसदको रोष्ट्रमबाटै मौन धारण गरेका हुन् ।

सांसद श्रेष्ठले बजेट भासन सुन्दा निकै आनन्द लागेको भन्दै बजेट नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार भने झैं भएको बताए । श्रेष्ठले प्रधानमन्त्री र मन्त्रीहरुलाई नाङ्गै नहिड्न चेतावनी दिए । आफ्नो क्षेत्र मात्रै छ भन्ने नसोच्न श्रेष्ठले प्रधानमन्त्री र मन्त्रीहरुलाई चेतावनी दिए ।

सरकारले ल्याएको बजेटमा मधेश र मधेसी जनतालाई हेला गरेको सांसद श्रेष्ठको भनाइ छ । सांसद श्रेष्ठले यो बजेट यथास्थितीमा हुवहु पास गर्न नसकिने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो