देवघाटका सहकारी संस्थाः गाउँपालिकाबाट अनुदान रकम लिन्छन् तर राजश्व बुझाउँदैनन

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३१

देवघाट गाउँपालिकाले  सहकारी संस्थाहरुलाई विभिन्न शिर्षकमा अनुदान रकम दिएपनि ति सहकारी संस्थाहरुले भने गाउँपालिकामा नविकरण र राजश्व शुल्क भने बुझाएका छैनन् ।

देवघाट गाउँपालिकाले वडा नम्बर ५ को चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र गोहीटार कृषि सहकारी संस्थालाई विभिन्न शिर्षकमा बार्षिक लाखौं रुपैयाँ अनुदान दिने गरेको छ । तर ति सहकारी संस्थाले भने गाउँपालिकामा राजश्व र नविकरण शुल्क भने बुझाएका छैनन् ।

महालेखा परिक्षककको कार्यालयको आर्थिक वर्ष ०७८÷०७९ को वार्षिक प्रतिबेदनमा सहकारी संस्थाहरुमा भएको खर्च शिर्षकमा गाउँपालिकाले चक्रवर्ती महिला सहकारीलाई २५ लाख ७२ हजार ५ सय र गोहीटार कृषि सहकारी संस्थालाई २७ लाख २ हजार २५० रुपैयाँ अनुदान दिएको देखिएको छ । गाउँपालिकाले सहकारी संस्थाको क्षमता अभिबृद्धि सामाग्री खरिद गर्न उक्त रकम लगानी गरेको हो ।

सहकारी संस्थामा ठुलो सरकारी रकम लगानी भएपनि ति सहकारी संस्थाले भने गाउँपालिकामा नविकरण लगायतका राजश्व रकम दाखिला नगरेको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।

स्थानीय सरकार सन्चालन एने, २०७४ मा स्थानीय पािलकाले सहकारी संस्थाको दर्ता, खारेजी, नियमननीतिहरु बनाई लागु गर्न सक्ने उल्लेख छ । सोही अनुसार देवघाट गाउँपालिकाले वडा नम्बर ५ मा रहेको उक्त दुई सहकारी संस्थामा ठुलो रकम लगानी गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको