देवघाट गाउँपालिकालाई अख्तियारको प्रश्नः मृत्यु भएका व्यक्तिको खातामा रकम कसरी गयो ?

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३२

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा पोखरा कार्यालयले मृत्यु भएका व्यक्तिको खातामा सामाजिक सुरक्षा भत्ता निकासा भएको बारेमा प्रश्न गरेको छ ।

अख्तियारले बुधवार देवघाट गाउँपालिकालाई पत्र पठाई भनेको छ–‘के कसरी मृत्यु भएका व्यक्तिको खातामा रकम निकासा गरिएको हो ? विस्तृत व्यहोरा खुलाई पत्र प्राप्त भएको मितिले १५ दिनभित्र प्रतिक्रियासहित प्रमाणित कागजातहरुको प्रतिलिपि पठाइदिनुहुन अनुरोध छ ।’

मृत्यु भइसकेको व्यक्तिको खातामा सामाजिक सुरक्षा भत्ता निकासा भएको भन्ने उजुरी प्राप्त भएको भन्दै अख्तियारले स्पष्टिकरण सहितको प्रमाणित कागजपत्र पठाउन निर्देशन दिएको हो ।

देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेको व्यक्तिको खातामा २४ हजार ४०० रुपैयाँ भुक्तानी दिई राज्यलाई हानी नोक्सानी पु¥याइएको उजुरीमा उल्लेख छ ।

देवघाट गाउँपालिकाले मृत्यु भईसकेको व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा गरेको बारेमा देवघाट अनलाईनले समाचार प्रकाशित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले