घन्टाचुली पर्यटकिय क्षेत्र निर्माणको लागि ५० लाख पेश्की, काम नहुँदा पेश्की असुल गर्न निर्देशन

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३२

देवघाट गाउँपालिकाको वडा नम्बर १ र ३ मा पर्ने घन्टाचुली क्षेत्रमा पर्यटकीय क्षेत्र निर्माणकोलागि निर्माण व्यववसायीसँग भएको सम्झौता अनुसार गाउँपालिकाले निर्माण कम्पनीलाई पेश्की रकम दिएपनि निर्माण कम्पनीले कुनै काम गरेको छैन ।

देवघाट गाउँपालिकाले घन्टाचली पर्यटकीय क्षेत्र विकास परियोजनामा मुल्य अभिवृद्धि कर सहित २ करोड ९४ लाख २३ हजार ८९६ रकममा मृत संजिवनी शिवशक्ति इको जेभीसँग सम्झौता गरेको थियो । उक्त सम्झौत अनुसार २०७८ असार २९ गतेदेखी काम सुरु भई २०८० असार २९ सम्म सम्पन्न गरिसक्नु पर्ने थियो । सो कम्पनीलाई २०७८ असोज १४ गते २६ लाख र माघ २६ गते २४ लाख गरि ५० लाख रुपैयाँ गाउँपालिकाले पेश्की दिएको थियो ।

तर निर्माण कम्पनीले हालसम्म कुनै पनि काम गरेको छैन । महालेखा परिक्षकको कार्यालयको आर्थिक वर्ष ०७८÷०७९ को वार्षिक प्रतिबेदनमा उक्त कम्पनीले कार्यतालिका अनुसार कुनै पनि काम नगरेको उल्लेख गरिएको छ । अनुगमनमा उक्त कम्पनीले कुनै भौतिक तथा वित्तिय प्रगति नगरेको हुँदा सो कम्पनीलाई बुझाएको पेश्की रकम फिर्ता लिन महालेखा परिक्षकको कार्यालयले देवघाट गाउँपालिकालाई निर्देशन दिएको छ ।

सार्वजानिक खरिद ऐन, २०६३ मा सार्वजानिक निकायले खरिद सम्झौता पश्चात निर्माण व्यवसायीबाट अग्रिम बैंक जमानत लिई खरिद सम्झौता रकमको २० प्रतिशतमा नबढ्ने गरि पेश्की भुक्तानी तथा फस्र्याैटको व्यवस्था गरेको छ । तर गाउँपालिकाले ऐन विपरित पेश्की दिएको हुँदा सो पेश्की असुल गर्नु पर्ने महालेखाको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण