बन्दीपुर अस्पतालमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

दमौली, असार २
बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पतालमा महिलाहरुको लागी दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर हुने भएको छ । आउँदो शुक्रबार र शनिबार उक्त शिविर सुरु हुने भएको हो ।

स्वास्थ्य शाखाको बार्षिक कार्यक्रम अनुसार यहि असार ८ र ९ गते शिबिर समेत संचालन हुन लागेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले बताए ।

नेपाल क्यान्सर केयर अस्पताल र नेश्नल हस्पिटल एण्ड क्यान्सर सेन्टर जाउलाखेलको प्राबिधिक सहयोगमा महिलाहरुको लागी स्तन क्यान्सर सम्बन्धी परिक्षण पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण (भिआए टेस्ट) हुन लागेको हो ।

फैलिँदो स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट धेरै महिलाबाट यसबाट पीडित बनिरहेको अवस्थामा शिविरबाट लाभ लिन समेत आयोजकले अनुरोध गरेको छ ।

स्तन र पाठेघरको उपचार निकै महँगो भएकाले समयमै यो रोगको पहिचानका लागि बन्दीपुरका सो कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले