बैंकलाई सामन्तबादको प्रतिक भन्दै तनहुँका उद्योगी तथा कृषकहरु आन्दोलनमा

Devghat Online

शेयर गरौ

दमौली, असार २

तनहुँका उद्योगी, व्यवसायी तथा कृषकहरुले बैंक तथा वित्तिय संस्थाको ज्यादती विरुद्ध आन्दोलन गर्ने भएका छन् । शनिबार दमौलीमा पत्रकार सम्मेलन गर्दै संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघ तनहुँले बैंक तथा वित्तिय संस्थालाई सामन्तबादको प्रतिक भन्दै त्यस्ता संस्थाहरुको विरुद्ध आन्दोलनको घोषणा गरे ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उद्योगी, व्यवसायी र कृषकहरुले कोभिड–१९ सबै लहरहरु पार गरी हालसम्म आइपुग्दा आर्थिक मन्दी र बैंकिङ सामन्तवादको गम्भीर सिकार हुनुपरेको तितो यथार्थ धाम जतिकै छर्लङ्ग भएको जनाईएको छ । संघले विज्ञप्तिमा ‘परिणाम स्वरूप देशभर दैनन्दिन घटेका आत्मदाह र आत्महत्याका सृङखला प्रति पनि सन्चार जगत अनभिज्ञ छैन’ जनाएको छ ‘यसै सन्दर्भमा इलामका प्रेम प्रसाद आचार्य देखि तनहुँ भानुका मोहन कुमार श्रेष्ठ सम्मका स्वदेशमै केही गर्छु भन्दा जीवन गुमाउन बाध्य ज्ञात–अज्ञात व्यवसायिक तथा कृषक सहीदहरुप्रति हार्दिक श्रद्धान्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछ ।’

साथै हाल व्यवसायिक उत्पीडनमा संघर्षरत सम्पूर्ण उद्योगी व्यवसायी, कृषकहरु आत्महत्या जस्तो कायरताको बाटो रोज्नु भन्दा आफुलाई कतिपनि एक्लो महसुस नगरी यो साझा पीडामा उच्च मनोबलका साथ संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघ, तनहुँको छाताभित्र आवद्ध भै गर या मरको अन्तिम संघर्षमा साथ दिन संघले अपिल गरेको छ ।

संयुक्त रूपको संघर्ष समिति तनहुँको पहलमा यस अगाडि विभिन्न व्यवसायिक मागहरु राखी गरिएको पहिलो चरणको शान्तिपूर्ण आन्दोलन सफलतापूर्वक सम्पन्न भएको भन्दै यसका लागि आ–आफ्नो स्तरबाट मागको सुनुवाइ गरी समाधानका लागि पहल गरिदिने व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला प्रशासन कार्यालय तनहुँ, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई माननीय सांसदहरु शंकर भण्डारी, गगन थापा, प्रदिप पौडेल, रवि लामिछाने, स्वर्णिम वाग्ले, राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाही, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, तथा राष्ट्रपति रामचन्द्र पौडेल र सम्पूर्ण सञ्चार जगत प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ ।

 

‘केही दिन अघि मात्रै अर्थमन्त्रालयबाट वित्तिय नीति तथा कार्यक्रम तथा नेपाल राष्ट्र बैंकबाट तेस्रो बार्षिक मौद्रिक नीति समिक्षा सर्वजनिक भयो । सोही बमोजिम नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई संशोधित एकीकृत निर्देशिका पनि जारी गरिसकेको अवस्था छ । तर हाम्रो देशको जुनसुकै नीति लुटेराहरुले नै बनाइरहेका छन र देश लुटेराहरू चलाई रहेका छन् । मौद्रिक नीति पनि लुटेरा, बैंकका ठेकेदार, सिइओहरुले तयार गरी राष्ट्रबैकको रबर छाप लगाइ जारी गर्न लगाए जस्तो गरी आएको छ । व्यवसायी र बैंक दुवैलाई बचाउने भन्दा व्यवसायीलाई मार्ने र बैंकलाई अझ मोटाउने गरी मौद्रिक नीति आयो । यसले सर्त सहितको पुनसंरचना र पुनर्तालिकिरणको ललिपप देखाएर व्यवसायीको तिर्न बाँकी व्याज र किस्तालाई पूजीकरण गरि बैंहरुलाई ऋणीबाट व्याजको पनि स्याज लुट्न पाउने बाटो खोलिदिएको छ । हाम्रो प्रष्ट माग व्यवसाय निरन्तरताका लागि निर्सत र अनिवार्य पुनर्कर्जा पुनर्तालिकिकरण, पुनसंरचना र अांशिक धितो फुकुवा हो । साथै अर्काे लुटेरा समुह बीमा कम्पनीहरुले तुरुन्त बीमा दाबी भुक्तानी सुचारु गनुपर्ने र सरकारले निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिनुपर्ने माग रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

संघका संयोजक अध्यक्ष लक्ष्मिभक्त खनाल र सघर्ष समितिका संयोजक मित्र दुराद्वारा हस्तारक्षर गरिएको विज्ञप्तिमा ‘बैंक तथा वित्तीय संस्थाको अमानवीय ज्यादती र आतंक घटना यहाँ उल्लेख गर्न ठाउँको अभाव हुन जान्छ । तथापी हामीसँग एक–एक प्रमाण सुरक्षित छन् । शान्तिपूर्ण चरणको हाम्रो अन्दोलनको सबै पक्षबाट प्रशंसा हुदै गर्दा बैंक तथा वित्तीय सस्थाहरुबाट भने गम्भीर रूपमा नलिइको अवस्था देखिएको छ ।’ जनाईएको छ ।

अवको दोस्रो चरण आन्दोलन कि सामन्तवादका विरुद्ध स–प्रमाण ठाउँ का ठाउँ मुकाविला गर्दै समाधान निकाल्न केन्द्रीत हुने संघले जनाएको छ । यसका लागि २०८० असार ३ र ४ गते भित्र आवश्यक पर्ने पुनर्कर्जा पुनर्तालिकिकरण, पुनसंरचना र आशिंक धितो फुकुवाका लागि आफ्नो बैकमा लिखित निवेदन दिने, असार ५ देखि ९ गतेसम्म निवेदन माग स्वीकृत अस्वीकृत गरेको लिखित जवाफ पठाउने गृहकार्यको लागि बैंकलाई समय दिने र असार १० देखी १५ गते सच्चिन नचाहाने बैंक र नियामक निकायलाई सच्याउन भिषण र निर्णायक संघर्षमा उत्रने संघले जनाएको छ । शान्तिपूर्ण शुद्ध व्यवसायीक आन्दोलनका मागलाई वेवास्ता गर्दा निम्तिन सक्ने कुनै पनि अप्रिय घटनाको जिम्मेवारी सम्बन्धित वित्तीय संस्था र तिनलाई छाडा छोड़ने नियामनकारी राज्य संयन्त्रले नै लिनु पर्ने विज्ञप्तिमा चेतावनी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको