दमौली, असार ३
आबुखैरेनी गाउँपालिकाले नागरिकलाई घर आँगनै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले टोल–टोलमा स्वास्थ्य परिक्षण सेवा सुरु गरेको छ । आवुँखैरेनी गाउँपालिकाको आयोजनामा भएको टोल–टोलमा स्वास्थ परिक्षण सेवा आईतबारबाट सुरु भएको छ ।




आईतबार वडा नम्वर १ को समस्तिपुर गाउँमा सुरु भएको उक्त सेवा गिराउन चौर, भगेरी, डुम्रीडाँडा, ढाप लगायतको क्षेत्रबाट १ सय ३ जना विरामीले सेवा लिएका छन् ।
स्वास्थ परिक्षण डा.गुणराज लोहनी, आबुखैरेनी हस्पिटलका डा.अभिनास तथा वडा नम्बर १ सत्रसय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामुदायिक स्वास्थ्य स्वयंसेवीका लगाएतको उपस्थिति रहेको थियो ।

स्वास्थ सेवा तालिका बनाइ हरेक महिना हरेक टोल–टोलमा पुगि डा. सहित गर्भवतीको भिडियो एक्सरे, प्रेसर, सुगर जाँच सेवा लगायतको स्वास्थ परिक्षण गरि रोग पत्ता लगाइ सम्बन्धित विशेषज्ञसँग जनताको उपचार गराइ आधारभुत स्वास्थ्यको जिम्मा पालिकाले लिने तयारीमा आबुखैरेनी गाउँपालिका रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
आबुखैरेनी हस्पिटल स्वास्थ बिमामा आबद्ध भए सँगै हरेक परिवारलाई बिमामा आबद्ध भइ सेवा लिनु हुन अध्यक्ष शुक्र चुमानले अनुरोध समेत गरेका छन् ।











