आवुँखैरेनीको टोल–टोलमा स्वास्थ्य परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, असार ३

आबुखैरेनी गाउँपालिकाले नागरिकलाई घर आँगनै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले टोल–टोलमा स्वास्थ्य परिक्षण सेवा सुरु गरेको छ । आवुँखैरेनी गाउँपालिकाको आयोजनामा भएको टोल–टोलमा स्वास्थ परिक्षण सेवा आईतबारबाट सुरु भएको छ ।

आईतबार वडा नम्वर १ को समस्तिपुर गाउँमा सुरु भएको उक्त सेवा गिराउन चौर, भगेरी, डुम्रीडाँडा, ढाप लगायतको क्षेत्रबाट १ सय ३ जना विरामीले सेवा लिएका छन् ।

स्वास्थ परिक्षण डा.गुणराज लोहनी, आबुखैरेनी हस्पिटलका डा.अभिनास तथा वडा नम्बर १ सत्रसय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामुदायिक स्वास्थ्य स्वयंसेवीका लगाएतको उपस्थिति रहेको थियो ।

स्वास्थ सेवा तालिका बनाइ हरेक महिना हरेक टोल–टोलमा पुगि डा. सहित गर्भवतीको भिडियो एक्सरे, प्रेसर, सुगर जाँच सेवा लगायतको स्वास्थ परिक्षण गरि रोग पत्ता लगाइ सम्बन्धित विशेषज्ञसँग जनताको उपचार गराइ आधारभुत स्वास्थ्यको जिम्मा पालिकाले लिने तयारीमा आबुखैरेनी गाउँपालिका रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

आबुखैरेनी हस्पिटल स्वास्थ बिमामा आबद्ध भए सँगै हरेक परिवारलाई बिमामा आबद्ध भइ सेवा लिनु हुन अध्यक्ष शुक्र चुमानले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा