समाजबादी मोर्चा प्रति नेकपा एस तनहुँका अध्यक्ष कार्कीको असहमति: जवज भन्दा दायाँबायाँ जान सकिदैन

Devghat Online

शेयर गरौ

दमौली, असार ४

आज घोषणा हुन लागेको समाजबादी मोर्चा प्रति नेकपा एस तनहुँका अध्यक्ष कार्कीले असहमति व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एस, जनता समाजबादी पार्टी र विप्लव नेतृत्वको नेकपाले आज राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरि समाजबादी मोर्चा गठन गर्न लागेका हुन् । उक्त मोर्चाको बारेमा विभिन्न टीका टिप्पणी आईरहेको अवस्थामा नेकपा एस तनहुँका अध्यक्ष कार्कीले सोमबार बिहान सामाजिक सन्जालमा लामो स्टाटस लेख्दै उक्त मोर्चा प्रति आफ्नो असहमति व्यक्त गरेका हुन् । कार्कीले अहिलेको सन्दर्भमा जननेता मदन भन्डारीद्वारा प्रतिपादित जनताको बहुदलिय जनबाद भन्दा दायाँबायाँ गर्न नसकिने बताएका छन् ।

कार्कीले लेखेका छन् ‘नेपालको सन्दर्भमा आजको समाजवादी आन्दोलनको रक्षा र बिकास गर्नु माक्र्सवादि बिश्वबिद्धालयको कर्तव्य हो, नेपालमा आजको समाजवाद पनि जननेता कमरेड मदन भण्डारीले खोलेको बाटो भन्दा दायाँबायाँ हिडेर पुग्ने अवस्था देखिदैन । नाम जस्तै काम हुन सिद्धान्त र आचरण मिल्नु पर्दछ ।’

कार्कीले समाजबादी मोर्चाको सैद्धान्तिक आधारमाथि प्रश्न गरेका छन् ‘आज समाजवादी मोर्चा घोषणा हुदैछ, यो आफैंमा खुशी र राम्रो कुरा हो, फुट र बिभाजनले होइन हातेमालो मोर्चा र एकताले अगाडि बढ्नु धेरै नै देश र जनताको लागि हितकर कुरा हो । तर त्यसको सैद्धान्तिक आधार के हो ? हरिजन्टल र भर्टिकल वा जिकज्याक हेर्न बाकी छ, समकालीन समाजवादी राजनीतिमा माक्र्सवाद र नेपालको सन्दर्भमा जननेता कमरेड मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मूल्य मान्यता र स्थान के हुन्छ ?’ जवजको औचित्य र अस्तित्व सकियो अब समाजवाद समाजवाद भन्ने रटान पनि सुनिन्छ त्यो मान्न सकिँदैन । जवजको अस्तित्व र औचित्य जिवन्त छ ।’
जवज भित्र
१) सामन्तवादकोअन्त्य गर्ने समय जहाँ पुरानो शोषण उत्पीडनका अबशेष अन्त्य गर्न केन्द्रीत भएर लाग्ने !
२) नयाँ उत्पादन समन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुबै हिसाबले बिकास गर्ने सुशासन र समृद्धि निर्माण गर्ने !
३) समाजवाद निर्माणमा जादा पनि स्पष्ट समाजवादीअर्थप्रणाली, समान न्याय, उत्पादन र बितरण प्रणाली, दलाल नोकरशाही पुजीवाद को प्रभाव बाट पुर्ण रूपमा अलग रहनु !
४) जनता बाट अनुमोदित हुने प्रणाली स्थापित गर्दै जनमुखी जनवादी सत्ता निर्माण गर्न आर्थिक र सांस्कृतिक रूपमा क्रान्तिकारी तयारी गर्दै जनवादी बैज्ञानिक समाजवादको निर्माण गर्ने ।

‘जनताको बलमा कुन बाटो पक्डन्छ त मोर्चाले ? यो चाहिँ पर्ख र हेरको अव्यवस्था नै छ ! भावी समयले नै निर्णय गर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्धः अध्यक्ष चुमान

तनहुँ । बैशाख २० तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा