पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते

Devghat Online

शेयर गरौ

दमौली, असार ४

पहिरोले पुरिएर म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादी स्थित पृथ्वीराजमार्ग (मुग्लिङ–पोखरा सडक खण्ड) मा सोमबार साँझ एक कामदारको मृत्यु भएको छ ।

सडकको माथिबाट पहिरो खस्न गई सोही सडकमा निर्माण काम गरी रहेका झापा जिल्ला शिवशताक्षी नपा– ७ बस्ने ३३ वर्षिय भिम भुजेलको मृत्यु भएको छ । सो घटनामा परी झापा जिल्ला शिवशताक्षी नपा– ७ बस्ने ४५ वर्षिय कृष्ण लिङदेन र उदयपुर जिल्ला कटारी नपा–७ बस्ने ४० बर्षिय बल बहादुर राई रहेका छन् ।

घाईते मध्ये राईको रत्नहरी अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारकोलागि मणिपाल अस्पताल पोखरा पठाईएको छ भने लिङदेनको रत्नहरि अस्पतालमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँडले बताए । सडक निर्माणमा काम गरिरहेको अवस्थामा माथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा