पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते

Devghat Online

शेयर गरौ

दमौली, असार ४

पहिरोले पुरिएर म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादी स्थित पृथ्वीराजमार्ग (मुग्लिङ–पोखरा सडक खण्ड) मा सोमबार साँझ एक कामदारको मृत्यु भएको छ ।

सडकको माथिबाट पहिरो खस्न गई सोही सडकमा निर्माण काम गरी रहेका झापा जिल्ला शिवशताक्षी नपा– ७ बस्ने ३३ वर्षिय भिम भुजेलको मृत्यु भएको छ । सो घटनामा परी झापा जिल्ला शिवशताक्षी नपा– ७ बस्ने ४५ वर्षिय कृष्ण लिङदेन र उदयपुर जिल्ला कटारी नपा–७ बस्ने ४० बर्षिय बल बहादुर राई रहेका छन् ।

घाईते मध्ये राईको रत्नहरी अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारकोलागि मणिपाल अस्पताल पोखरा पठाईएको छ भने लिङदेनको रत्नहरि अस्पतालमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँडले बताए । सडक निर्माणमा काम गरिरहेको अवस्थामा माथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्धः अध्यक्ष चुमान

तनहुँ । बैशाख २० तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा