कर्मफ्लाइट्स फाउण्डेसनद्वारा बन्दीपुरमा घर निमार्ण गरी हस्तान्तरण

Devghat Online

शेयर गरौ

दमौली, असार ४

सपनाको घर परियोजना कर्मफ्लाइट्स फाउण्डेसन नेपाल पोखराको तथा म्याटकोन र डामियन संस्थाहरुको सहयोगमा बन्दीपुर गाउँपालिका–२ स्थित चामुण्डा प्राथमिक बिद्यालयकी शिक्षक कल्पना नेपालीको लागी घर निमार्ण गरी चावी हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले सोमबार सो घरको चावी शिक्षक नेपालीलाइ हस्तान्तरण गरेका थिए ।

उक्त घर निमार्णमा परियोजनाको तर्फबाट ७ लाख ५९ हजार रुपैयाँ र र लाभग्राही कल्पना नेपालीबाट रु १ लाख सहित ८ लाख ५९ हजारमा सो घर सम्पन्न भएको संस्थाले जनाएको छ ।

संस्थाले घर निमार्ण गरिदिने लालबहादुर तामाङ र संयोजन गरिदिने वडा नम्बर २ को कार्यलयलाइ धन्यबाद ज्ञापन गरेको छ । घर निर्माण भएपछि शिक्षक नेपालीले संस्थालाई आभार व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्धः अध्यक्ष चुमान

तनहुँ । बैशाख २० तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा