कर्मफ्लाइट्स फाउण्डेसनद्वारा बन्दीपुरमा घर निमार्ण गरी हस्तान्तरण

Devghat Online

शेयर गरौ

दमौली, असार ४

सपनाको घर परियोजना कर्मफ्लाइट्स फाउण्डेसन नेपाल पोखराको तथा म्याटकोन र डामियन संस्थाहरुको सहयोगमा बन्दीपुर गाउँपालिका–२ स्थित चामुण्डा प्राथमिक बिद्यालयकी शिक्षक कल्पना नेपालीको लागी घर निमार्ण गरी चावी हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले सोमबार सो घरको चावी शिक्षक नेपालीलाइ हस्तान्तरण गरेका थिए ।

उक्त घर निमार्णमा परियोजनाको तर्फबाट ७ लाख ५९ हजार रुपैयाँ र र लाभग्राही कल्पना नेपालीबाट रु १ लाख सहित ८ लाख ५९ हजारमा सो घर सम्पन्न भएको संस्थाले जनाएको छ ।

संस्थाले घर निमार्ण गरिदिने लालबहादुर तामाङ र संयोजन गरिदिने वडा नम्बर २ को कार्यलयलाइ धन्यबाद ज्ञापन गरेको छ । घर निर्माण भएपछि शिक्षक नेपालीले संस्थालाई आभार व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा