व्यासको भौतिक प्रगति ९३ प्रतिशत

Devghat Online

शेयर गरौ

दमौली, असार ४

व्यास नगरपालिकाको चालु आर्थिक वर्षमा ९३ प्रतिशत योजना सम्झौता कार्यान्वयन भएका छन् । नगरपालिकाले दिएको जानकारी अनुसार जेठ मसान्त सम्म चालु आर्थिक बर्षमा १ हजार ३ सय १५ कुल योजना सञ्चालन गर्ने नीति अनुसार १ हजार २ सय २८ वटा योजनाको सम्झौता भएको, ८ सय १९ योजना सम्पन्न भई भुक्तानी लिइसकेका छन् ।

यस्तै ४ सय ९ वटा योजना अन्तिम चरणमा पुगेको, ८४ योजना वटा सम्झौता नै नभएको तथा ३ योजनाको सुचना प्रकाशित गर्न बाँकी रहेको नगरपालिकाको पूर्वधार विकास शाखाले जनाएको छ । नगरपालिकाले उपभोक्ता समिति र ठेक्का मार्फत योजना सन्चालन गरिएकोमा ९३ प्रतिशत योजनाको सम्झौता भएकोमा ६२ प्रतिशत योजना सम्पन्न भएका छन् भने ३१ प्रतिशत योजना निर्माणधीन अवस्थामा रहेको र ७ प्रतिशत योजनाको सम्झौता नै नभएको योजना अधिकृत भेषराज तिवारीले जानकारी दिए ।

उनका अनुसार ठेक्का मार्फत ६० योजना मध्ये ५६ योजना सम्झौता भएका थिए । जसमा २६ योजना सम्पन्न भई भुक्तानी लिईसकेको,३० योजना निर्माणधीन अवस्थामा र १ योजना सम्झौता नै नभएको तथा ३ योजनाको सुचना प्रकाशित हुन बाँकी रहेको छ । उपभोक्ता समिति मार्फत संचालित १ हजार २ सय ५५ योजनामा ७ सय ९३ योजना सम्पन्न भई भुक्तानी लिईएको छ भने ३ सय ७९ योजना निर्माणधीन अवस्थामा रहेका छन् । त्यस्तै ८३ योजना सझौता हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा