घिरिङका बिपन्न र एकल महिलालाई बाख्रा बितरण

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, असार १३

घिरिङ गाउँपालिकाका अति बिपन्न बर्गका तथा एकल महिलाहरुलाई गाउँपालिकाले बाख्रा वितरण गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत विपन्न तथा एकल महिलाको जिविकोपार्जन सुधारकोलागि बाख्रा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।

यस अघि गाउँपालिकाले विपन्न तथा एकल महिलाकोलागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अभिमुखिकरण तथा ५ दिने सीप तथा ब्यवसायिक विकास सम्बन्धी तालिम सन्चालन गरेको थियो । पहिलो पटक वडा नम्बर ३ बाट सुर गरिएको सो कार्यक्रम क्रमशः सबै वडामा विस्तार गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले बताए ।

कार्यक्रममा वडा नम्बर ३ भित्रका द्वन्द्व पिडित, विपन्न, एकल महिला, कोरोना पिडित र दलित पहिचान गरि २५ जना तालिममा सहाभागी थिए । उनिहरुलाई ५ दिन कृषि सम्बन्धि सीप तथा ब्यवसायिक तालिम प्रतिव्यक्ति २ वटा बाख्राको पाठी बितरण गरिएको वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापाले जानकारी दिए ।

गत असार ८ देखि १२ सम्म सन्चालित सो तालिमको समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारीको अध्यक्षतामा भएको थियो । तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष होमबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल, वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापा, नेपाली कांग्रेस गाउँ कमिटी सभापति याम बहादुर थापा, कार्यपालिका सदस्यहरु पार्बती बिक र इश्वरी श्रेष्ठ, वडा सदस्यहरु मनिराज थापा र लोक बहादुर गुरुङ र घिरिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मन बहादुर राना उपस्थित रहेका थिए । सो कार्यक्रमको सन्चालन वडा सचिब देवेन भुजेलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले