सम्पादकीयः मदन भण्डारी र कम्युनिष्ट आन्दोलन

Devghat Online

शेयर गरौ

आज जननेता मदन भण्डारीको जन्मजयन्ती । वि.सं. २००९ साल असार १४ गते शुक्रबार ताप्लेजुङ जिल्लाको ढुंगेसांघु गाविसको ठोट्ने भन्ने ठाउँमा मदन भण्डारीको जन्म भएको थियो । भण्डारीका बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारी हुनुहुन्थ्यो । मदनले १५ वर्षको उमेरमा २०२४ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । प्रवेशिका परीक्षा उत्तीर्णपछि उच्च शिक्षा हासिल गर्न उनी भारतको वृद्धावन गए । त्यसबेला देखि उनले आफ्नो नाम मोतीराज भण्डारी परिवर्तन गरी मदनकुमार भण्डारी राख्न थालेका थिए । बनारसमा अध्ययन गर्दै मदन राजनीतिमा आकर्षित भए र सामन्ती राज्यसत्ताको विरोधमा सक्रिय हुन थाले । वृन्दावनमा मदन दाईसँग बसेका थिए । सँगै बसेका दाजुभाईमा प्रजातन्त्र दिवस मनाउने सवालमा मतभेद भयो । दाजुको अध्यक्षतामा बनेको प्रजातन्त्र दिवस कमिटिका विरुद्ध छुट्टै कमिटि बनाएर मदनले नयाँ ढंगले प्रजातन्त्र दिवस मनाएका थिए । यसबाट के बुझिन्छ भने उनमा प्रगतिशिल विचारले निकै छोइसकेको थियो र विचारमा सम्झौता गर्न हुँदैन भन्ने छाप परेको थियो । नेपालमा राजनीतिक स्वतन्त्रता नभएकोले नेपालका राजनीतिक नेताहरु वनारस, पटना र कलकत्तामा केन्द्रित भएका हुन्थे र ति नेताहरुले मदनसँग नजिकको सम्पर्क राख्ने गर्दथे ।

विलक्षण प्रतिभाका धनी मदन भण्डारी २०२९ सालमा क्रान्तिकारी बुद्धिजीवि सम्मेलनमा सहभागी भए र जनवादी प्रगतिशिल कवि युद्धप्रसाद मिश्रको अध्यक्षतामा बनेको कमिटिको सदस्यमा छानिए । जुन कमिटिको महासचिव मोदनाथ प्रश्रित र सदस्यहरुमा जीवराज आश्रित, रामचन्द्र भट्टराई र दिल साहनी थिए । माक्र्सवादी राजनीतिप्रति चासो राख्न थालेका मदन भण्डारीले वृद्धावनबाट पूर्व मध्यम र उत्तर मध्यममा पास गरी बनारस फर्किए र वनारसको महाविद्यालयमा आचार्यको अध्ययन गर्न थाले २०२९ सालमा २० वर्षको उमेरमा पुष्पलालबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका मदन भण्डारीले २०२८ सालदेखि नै शोभियत संघ र नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोणहरुमा फरक विचारहरु राख्न थालेका थिए । पुष्पलालसँग लुम्बिनीको किसान आन्दोलन, हर्रेबर्रे संघर्ष, वाम एकता, नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण, संघर्षका रुपहरु निक्र्योल गर्ने सवालमा विवाद बढ्दै गयो । अन्तत ः २०३३ साल असार १५ गते रुपन्देहीमा भएको एक भेलाले पुष्पलाल समूहबाट अलग हुने घोषणा ग¥यो । यसको नेतृत्व जीवराज आश्रितले गरेका थिए । यो समुह २०३४ सालमा भाद्र १४ गते को.के सँग एकीकृत भयो । त्यसपछि मदन को.केमा सक्रिय भए र मोरङ जिल्ला कमिटिमा रहेर काम गरे ।

निरन्तर राजनीतिमा लागिरहँदा मदनले आफ्नो रानजीतिक हैसियत पनि बृद्धि गर्दै गए । २०४६ साल भाद्रमा सिराहामा भएको नेकपाको चौथो महाधिवेशनले उनलाई केन्द्रीय कमिटिको महासचिव बनायो । नविन चिन्तक तथा विचारक मदन भण्डारी राष्ट्र र अन्तराष्ट्रमा कम्युनिष्टले खाएको धक्कालाई चिर्नुपर्ने र परम्परागत शास्त्रीय ढंगबाट कम्युनिष्ट पार्टीलाई मुक्त गरी प्रतिस्पर्धात्मक योग्य प्रमाणित नगरी कम्युनिष्ट पार्टी चल्न नसक्ने निष्कर्ष निकाली जनताको बहुदलीय जनवादको विचार प्रतिपादन गर्ने कामको अगुवाई गरे । मदन जनताको अत्याधिक विश्वासिलो भरोसायोग्य नेता बन्दै गए । २०४८ सालमा भएको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराए । जसका कारण उनी राष्ट्रभित्रमात्र होइन विश्वमा नै चर्चित भए । त्यसबेला अमेरिकाबाट प्रकाशित हुने ‘न्युज विक’ पत्रिकाले त मदन भण्डारीको अन्तरवार्ता छाप्दै कार्ल माक्र्स लिभ्स इन नेपाल भनेर छापेको थियो । जनताको अत्याधिक रोजाईको नेता, राष्ट्रियता तथा स्वाधिनताका धरोहर तथा माक्र्सवादी चिन्तक प्रखरवक्ता मदन भण्डारीको नेकपा एमाले कास्की जिल्लाको अधिवेशन उद्घाटन गरेर चितवनको चैनपुरमा आयोजना गरिएको अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्न जाँदा २०५० साल जेठ ३ गते दासढुंगामा षड्यन्त्रपूर्ण ढंगले हत्या गरियो । मदनसँगै कुशल संगठक जीवराज आश्रितको पनि हत्या भयो । ४२ वर्षको उमेरमा नै बितेका मदन भण्डारीको जीवन रक्षा गर्न सकेको भए आज देशले ठूलो राजनेता पाउने थियो । देश यस्तो अस्थिरता र अन्यौलको दलदलमा फस्ने थिएन । राष्ट्र र लोकतन्त्र विरोधी तत्वहरुले राष्ट्रलाई यो ढंगले रजाई गर्ने थिएन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा