बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, असार १७

आईतबार दिउँसो आँबुखैरेनी गाउँपालिका– १ बरादी पेट्रोल पम्मस्थित पृथ्वि राजमार्ग सडक खण्डमा मुग्लिङबाट डुम्रे तर्फ जान आउदै गरेको ग २ ख १२३५ नम्बरको बस र सोही दिशाबाट आउदै गरेको बा.प्र.०२–०१५ प ६२३६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक धादिङ जिल्ला नेत्रावती डबजोङ गाउँपालिका–४ का ७ बर्षिय सागर तामाङको घटनास्थलमा नै मृत्यु भएको छ ।

सो दुर्घटनामा मोटरसाइकलको पछाडी सवार धादिङ नेत्रवती डबजोङ गाउँपालिका–२ का २७ बर्षिय सुरेन तामाङ घाईते भए । घाइतेको आबुखैरेनी अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता