म्याग्देमा पढ्दै कमाउँदै कार्यक्रम लागु गरिने

Devghat Online

शेयर गरौ

दमौली, असार १७

तनहूँको म्याग्दे गाँउपालिकाले आगामी आर्थिक वर्ष देखि पढ्दै कमाउदै कार्यक्रम लागु गर्ने भएकोे छ । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारसँग, रोजगारलाई उत्पादनसँग, उत्पादनलाई वजारसँग जोडनकालागी संघ सरकारसँगको सहकार्यमा पढ्दै कमाउदै कार्यक्रममा जोड दिईने निती तथा कार्यक्रममा रहेको छ । सामुदायिक निजि विद्यालय सहकार्य कार्यक्रममा जोड दिईनेछ । यसैगरि गाउपालिका अन्तरगत सन्चालित सामुदायिक सिकाई केनद्रलाई सशक्त र प्रभावकारी वनाउने निति अवलम्वन गरिने पालिकाले जनाएको छ ।

यसैगरि पालिकाले एक विद्यालय एक कम्पयुटर अभियान संचालन गरिने, शैक्षिक गुणस्तरको मापन गरि दण्ड तथा पुरस्कारको निति अवलम्वन गरिनेछ । स्यानीटारी प्याडको प्रयोगलाई थप प्रभावकारी एवं व्यवस्थित गर्नका लागी स्यानीटयारी प्याड भेन्डिङ्ग मेशिन खरिद अभियान सन्चालन गरिने जनाएको छ ।

न्युन शिक्षक दरवन्दी भएका विद्यालयहरु लाई शिक्षण सहयोग अनुदान दिने व्यवस्था अवलम्वन गरिनेछ । प्रारम्भिक वालविकासको सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीलाई दिदै आएको थप अनुदानलाई निरन्तरता दिईनेछ ।

शिक्षा क्षेत्रलाई थप प्रभावकारी वनाउनका लागि शिक्षा क्षेत्रका विज्ञहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम संचालन गरिनेछ । सामुदायिक विद्यालयवाट एसईई परिक्षामा ए प्लस ल्याउने र १२ मा उत्कृष्ठ नतिजा ल्याउने एक छात्र, एक छात्रालाई नगद पुरस्कार प्रदान गरिनेछ ।
कृषि तथा पशु प्राविधिक शिक्षा अध्ययन गर्ने गाँउपालिका भित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

साथै संघिय सरकारवाट विद्यार्थीहरुका लागि प्राप्त दिवा खाजा अपुग रकम गाउँपालिकावाट प्रदान गरिने पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको