व्यास परासर पत्रकारिता पुरस्कार वाग्लेलाई

Devghat Online

शेयर गरौ

दमौली, असार १८

नेपाल पत्रकार महासंघ तनहुँद्वारा सन्चालित टिकानीधि ढुङ्गाना व्यास परासर पत्रकारिता पुरस्कार पत्रकार मदन वाग्लेलाई प्रदान गरिने भएको छ । व्यास नपा ४ निवासी भाग्यशाली ढुङ्गानाले स्थापना गर्नु भएको सो पुरस्कार मंगलबार व्यास जयन्तीको अवसरमा सार्वजानिक गरिएको हो । गत असार १५ गते बसेको नेपाल पत्रकार महासंघ तनहुँको बैठकले उक्त पुरस्कार वाग्लेलाई दिने निर्णय गरेको थियो ।

पुरस्कारको राशी नगद १० हजार रुपैयाँ रहेको छ । उक्त पुरस्कार नेपाल पत्रकार महासंघले विशेष कार्यक्रमको अवसरमा प्रदान गर्ने पत्रकार महासंघ तनहुँका सचिव प्रताप रानाले बताए ।

पुरस्कृत व्यक्तित्व वाग्ले दमौलीबाट प्रकाशित हुने प्रादेशिक खबर दैनिकका प्रधान सम्पादक हुन् । उनी तिन दशक देखी पत्रकारितामा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी