व्यास परासर पत्रकारिता पुरस्कार वाग्लेलाई

Devghat Online

शेयर गरौ

दमौली, असार १८

नेपाल पत्रकार महासंघ तनहुँद्वारा सन्चालित टिकानीधि ढुङ्गाना व्यास परासर पत्रकारिता पुरस्कार पत्रकार मदन वाग्लेलाई प्रदान गरिने भएको छ । व्यास नपा ४ निवासी भाग्यशाली ढुङ्गानाले स्थापना गर्नु भएको सो पुरस्कार मंगलबार व्यास जयन्तीको अवसरमा सार्वजानिक गरिएको हो । गत असार १५ गते बसेको नेपाल पत्रकार महासंघ तनहुँको बैठकले उक्त पुरस्कार वाग्लेलाई दिने निर्णय गरेको थियो ।

पुरस्कारको राशी नगद १० हजार रुपैयाँ रहेको छ । उक्त पुरस्कार नेपाल पत्रकार महासंघले विशेष कार्यक्रमको अवसरमा प्रदान गर्ने पत्रकार महासंघ तनहुँका सचिव प्रताप रानाले बताए ।

पुरस्कृत व्यक्तित्व वाग्ले दमौलीबाट प्रकाशित हुने प्रादेशिक खबर दैनिकका प्रधान सम्पादक हुन् । उनी तिन दशक देखी पत्रकारितामा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले