व्यास जयन्ती तथा गुरु पुर्णिमा मनाईयो

Devghat Online

शेयर गरौ

दमौली, असार १८

व्यास अवतरण दिवस एवम् गुरुपुर्णिमा–२०८० को अवसरमा व्यास क्षेत्र शिव पान्चायन विकास कोष तथा व्यास नगरपालिकाको संयुक्त आयोजनामा सोमबार विहान कार्यक्रम आयोजना गरियो ।

चार वेद, अठ्ठार पुराण, महाभारत उपनिषद तथा ब्रह्मसुत्र आदि महान ग्रन्थहरुको रचना गर्नुहुने भगवान वेद–व्यासको अवतरण दिवस तथा गुरुपुर्णिमाको अवसरमा आयोजित सो कार्यक्रममा बोल्दै गन्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठले व्यास जन्मभुमिको यस क्षेत्रको प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताए । दमौलीमा धार्मिक पर्यटनको विकास गर्न सके यस क्षेत्रको आर्थिक विकास हुने सांसद श्रेष्ठले बताए । दमौलीमा निर्माण भईरहेको महर्षि वेद व्यासको १०८ फिटको अग्लो मुर्तीको निर्माणमा गन्डकी प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने सांसद श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यास क्षेत्रको विकासकोलागि स्थानीय तहको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

व्यास क्षेत्र शिव पान्चायन विकास कोषका कार्यवहाक अध्यक्ष प्रेमप्रकाश भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सो संस्थाका संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबा, व्यासका अध्येता तथा संस्थाका प्रमुख संरक्षक काशिनाथ न्यौपाने लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रम संस्थाका महासचिव बिष्णुभक्त सिग्देलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण