छाब्दी वाराही मन्दिरमा गजुर प्रतिस्थापन

Devghat Online

शेयर गरौ

दमौली, असार १८

पुननिर्माणको क्रममा रहेको व्यास नपा–१४ स्थित तनहुँको प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराही मन्दिरमा गजुर प्रतिस्थापन गरिएको छ । सोमबार नित्य पुजा गरि गजुर प्रतिस्थापना गरिएको छाब्दी बाराही विकास कोषका अध्यक्ष थान बहादुर थापा (प्रेम) ले बताए ।

मत्स्य अवतार देवीको रुपमा पुजिने छाब्दी बाराही देवीको मन्दीरको पुननिर्माणकोलागि गन्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ । सामाजिक विकास कार्यालयको प्राविधिक सहयोगमा मन्दिर पुननिर्माणको काम भईरहेको अध्यक्ष थापाले बताए ।

अहिले मन्दिरको छानामा तामाले छाउने काम करिब ८० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष थापाले बताए । मन्दिरको पुननिर्माण र सरचना निर्माणको काम साउन महिना भित्र सम्पन्न अध्यक्ष थान बहादुर थापा (प्रेम) बताए ।

छाब्दी बाराही विकास कोषले मन्दिरको कलात्मक शैलीमा पुननिर्माणकोलागि गुरुयोजना तयार गरेको छ । उक्त गुरुयोजना अनुसार मन्दिरको पुननिर्माणकोलागि करिब ८० लाखको बजेट इस्टमेट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण