बजेटको सोच पितृसत्तात्मक छः सांसद न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं, असार १८

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले वर्तमान सरकारले प्रस्तुत गरेको बजेटको सोच पितृसत्तात्मक रहेको बताएकी छिन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत विनियोजन विधेयकको बारेमा भएको छलफलमा भाग लिँदै सांसद न्यौपानेले यो बजेट हेर्दा पितृसतात्मक रहेको पुष्टि हुने बताइन् ।

आधा भन्दा बढि हिस्सा ओगट्ने महिलालाई बजेटमा पुरै उपेक्षा गरिएको भन्दै सांसद न्यौपानेले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले कसको नीम्ति नीति तथा कार्यक्रम बनाउँछ, योजना तर्जुमा गर्छ र बजेट बनाउँछ भन्ने प्रष्ट भएको बताइन् ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा किन तालमेल भईरहेको छैन ? भन्ने प्रश्न गर्दै सांसद न्यौपानेले यसबारेमा सम्बन्धित मन्त्रीले संसदमा प्रष्ट पार्नु पर्ने बताईन् । राष्ट्रपती महिला उत्थान कार्यक्रमलाई प्रभावकारी रुपमा सन्चालन गर्ने गरि बजेट नआएको भन्दै उनले महिलाहरुको आय आर्जन र स्वरोजगारको लागि बजेटले कुनै सम्बोधन गरेको नगरेको बताइन् । गर्भवती आमाको स्वास्थ्यको विषय भविष्यको बालबालिकाको स्वास्थ्यसँग जोडिएको हुँदा यस तर्फ राज्यको ध्यान पुग्नुपर्ने सांसद न्यौपानेको भनाई थियो ।

‘बालबालिकाको सर्वाङिगण विकास विकासको नीम्ति सरकार चुकेको छ, अपाङ्गता भएका व्यक्तिहरुलाई बजेटले सम्बोधन गरेको छैन । उनीहरुको अधिकार सम्बोधनको नीम्ति सरकार उदासिन बनेको छ । अनावश्यक शिर्षकहरुमा बजेट बिनियोजन गरिएको छ ।’ सांसद न्यौपानेले भनिन् ‘वडाले पनि नगर्ने १ लाखको बजेट संघीय सरकारले विनियोजन गरेको छ । संघीयताको मर्म र भावनालाई सरकारले उपेक्षा गरेको छ । सरकारको यस्तै क्रियाकलापले गर्दा संघीयता प्रति नै जनताको बितृष्णा बढेको छ ।’

बजेट जेष्ठ नागरिक मैत्री बनाउन सरकार चुकेको भन्दै न्यौपानेले जेष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई भावि पुस्तामा पुस्तान्तरण गर्ने खालको कार्यक्रम ल्याउनु पर्ने बताईन् । चालु आर्थिक महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत छुट्याईएको कुल बजेटको १० प्रतिशत पनि बजेट कार्यान्वयन नभएको हुँदा यस्तो किन भयो भन्ने बारेमा जनतालाई प्रष्ट पार्नु पर्ने सांसद न्यौपानेले बताईन् । अव भयिष्यमा यस्तो अवस्था आउन नदिन सरकार र सम्बन्धित मन्त्रालय बेलैमा सचेत बन्नु पर्ने न्यौपानेले जोड दिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय