छाब्दी वाराही मन्दिरमा गजुर प्रतिस्थापन

Devghat Online

शेयर गरौ

दमौली, असार १८

पुननिर्माणको क्रममा रहेको व्यास नपा–१४ स्थित तनहुँको प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराही मन्दिरमा गजुर प्रतिस्थापन गरिएको छ । सोमबार नित्य पुजा गरि गजुर प्रतिस्थापना गरिएको छाब्दी बाराही विकास कोषका अध्यक्ष थान बहादुर थापा (प्रेम) ले बताए ।

मत्स्य अवतार देवीको रुपमा पुजिने छाब्दी बाराही देवीको मन्दीरको पुननिर्माणकोलागि गन्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ । सामाजिक विकास कार्यालयको प्राविधिक सहयोगमा मन्दिर पुननिर्माणको काम भईरहेको अध्यक्ष थापाले बताए ।

अहिले मन्दिरको छानामा तामाले छाउने काम करिब ८० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष थापाले बताए । मन्दिरको पुननिर्माण र सरचना निर्माणको काम साउन महिना भित्र सम्पन्न अध्यक्ष थान बहादुर थापा (प्रेम) बताए ।

छाब्दी बाराही विकास कोषले मन्दिरको कलात्मक शैलीमा पुननिर्माणकोलागि गुरुयोजना तयार गरेको छ । उक्त गुरुयोजना अनुसार मन्दिरको पुननिर्माणकोलागि करिब ८० लाखको बजेट इस्टमेट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले