पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन बालबालिकाको मृत्यु

Devghat Online

शेयर गरौ

भैरहवा, असार १९

अर्घाखाँचीको पाणिनिमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नं १ पणेनास्थित गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोखरेलले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार स्थानीय गंगा रास्कोटीका छोराछोरी ९, १० र ११ वर्षका धनबहादुर रास्कोटी, खुमबहादुर रास्कोटी र अन्जना रास्कोटीको मृत्यु भएको छ भने घटनामा घाइते सचिन रास्कोटीको उपचारका लागि पाल्पा पठाइएको छ । उनको अवस्था सामान्य छ ।

आज बिहान करिब साढे ६ बजेतिर आएको पहिरोले घर पुरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घनानामा टोली पुगेको र सबै विवरण आई नसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले