घिरिङ गाउँपालिका मार्फत कृषि सहकारीद्वारा कृषकलाई प्रबिधि हस्तान्तरण

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, असार १९

घिरिङ गाउँपालिकाको समन्वयमा उर्भरा कृषि सहकारी संस्था लिमिटेडले कृषकलाई ५० प्रतिशत अनुदानमा प्रबिधि हस्तान्तरण गरेको छ । घिरिङ गाउँपालिकाले मकै उत्पादन बृद्दी गर्ने उदेश्यले मकै प्रबर्द्धन गर्ने कार्यक्रम अन्तर्गत तीन वटा पकेट क्षेत्र लाई अनुदान छुट्टाएको थियो । जस अन्तर्गत उर्भरा कृषि सहकारीका सदस्यहरुलाई सोमबार एक कार्यक्रम गरि प्रबिधी हस्तान्तरण गरेको हो ।

कृषकलाई आधुनिक किसिमको सामाग्रीहरु कम्बाइन मिल ९ वटा, मकै छोडाउने मिल ३ वटा, डिजिटल काँटा ३ वटा, बोरा सिलाउने मेसिन १ वटा, त्रीपाल २५० थान, मकैको बीउ १६५ किलो, कोदालो १ सय थान र १ सय थान बीउ भण्डारण बोरा बितरण गरेको हो ।

सहकारीका अध्यक्ष केशबराज पोख्रेलको अध्यक्षता भएको सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाले कृषिमा बिशेष जोड दिएर नीति तथा कार्यक्रम बनाएको बताउनु भयो । कृषकको उत्पादन लाई भण्डारण गर्नका लागि अत्रौलिमा शीत भण्डार बन्दै गरेको अध्यक्ष थापाले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले पनि कृषकलाई प्रोत्साहन गर्न गाउँपालिका हरदम साथमा रहने ब्यक्त गर्दै सामानको सहि सदुपयोग गर्न अनुरोध गर्नु भयो । सो कार्यक्रम सन्चालन रामप्रसाद श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य जिवलाल खनालले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय