‘आफै खर्च व्यहोर्ने इच्छा गरेका’ राष्ट्रपतीको उपचार खर्च ५५ लाख, निकासा दिन अर्थलाई ताकेता

Devghat Online

शेयर गरौ

काठमाडौं, असार १९

राष्ट्रपती रामचन्द्र पौडेल गत बैशाख ६ गते उपचारकोलागि भारत गएर बैशाख १७ गते स्वदेश फर्किए । स्वदेशमै हुने उपचारकोलागि राष्ट्रपतीलाई भारतको महंगो अस्पतालमा लगिएको र उनको उपचारकोलागि गएका श्रीमती, छोरा, बुहारी र नातीको दैनिक भत्ता समेत सरकारले ब्यहोर्ने बारेमा त्यसैबेला सार्वजानिक सन्चार माध्यममा समाचार प्रकाशित भएर जनस्तरमा असन्तुष्टि बढेपछि राष्ट्रपतीको कार्यालयले बैशाख १९ गते प्रेस नोट प्रकाशित गरि भारतमा उपचारको क्रममा भएको सम्पुर्ण खर्च राष्ट्रपती स्वयंले ब्यहोर्न चाहेको जानकारी गराएको थियो ।

तर राष्ट्रपती कार्यालयको उक्त प्रेस नोट २ महिना नहुँदै झुटो प्रमाणित भएको छ । परराष्ट्र मन्त्रालयले राष्ट्रपतीको उपचार खर्च वापत ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ निकासा दिन अर्थमन्त्रालयलाई ताकेता गरेको छ । परराष्ट्र मन्त्रालयले असार १८ गते अथ मन्त्रालयलाई पत्र पठाई राष्ट्रपती पौडेलको उपचारको खर्च वापतको उक्त रकम निकास दिन ताकेता गरेको हो ।

राष्ट्रपती कार्यालयको माग बमोजिम अर्थ मन्त्रालयले पराराष्ट्र मन्त्रालय मार्फत राष्ट्रपतीको उपचारकोलागि असार ११ गते ५५ लाख ४ हजार ६ सय ५४ रुपैयाँको सहमती दिएको थियो । सोही बमोजिम राष्ट्रपती कार्यालयले ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ खर्च भएको बिल भरपाई परराष्ट्र मन्त्रालयमा बुझाएको छ । उक्त खर्च राष्ट्रपती उपचार गर्न भारत जाँदा आउँदा श्री एयरलान्यसको चार्टर गरेको एयर एम्बुलेन्सको खर्च भएको परराष्ट्रले जनाएको छ ।

अर्थ मन्त्रालयको बजेट महाशाखालाई असार १८ गते परराष्ट्र मन्त्रालयले पत्र पठाउँदै भनेको छ, ‘यथार्थ खर्चको बिल भर्पाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार २७९ निकासका लागि अर्थ मन्त्रालयमा लेखी पठाउन मिति २०८० असार १८ गते को निर्णय (सचिवस्तर) को प्रतिलिपि र अन्य आवश्यक कागजातहरु यसै साथ संलग्न राखी पठाइएको व्यहोरा सादर अनुरोध गरिन्छ,’ उपसचिव भेषराज भुर्तेलले लेखेको पत्रमा उल्लेख छ ।

वैशाख १९ गते राष्ट्रपतिको स्वकीय सचिवालयको तर्फबाट प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस नोटमा भनिएको थियो, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझावअनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा विदितै छ । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी