नेकपा एसका नेताहरु एमालेमा फर्कने, शुक्रबार पार्टी प्रवेश कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, साउन ४ गते

नेकपा एकिकृत समाजबादी तनहुँका केही नेताहरु नेकपा एमालेमा फर्कने भएका छन् । उनीहरुको स्वागतकोलागि नेकपा एमाले तनहुँले शुक्रबार पार्टी कार्यालय दमौलीमा स्वागत कार्यक्रम राखेको छ ।

एमाले श्रोतका अनुसार नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य शंकरनारयण श्रेष्ठ र जिल्ला कमिटिका अध्यक्ष श्रीराम कार्की सहितका नेता कार्यकर्ताहरु नेकपा एमालेमा फर्कन लागेका हुन् । श्रेष्ठ र कार्कीसँग कुन कुन नेता एमालेमा फर्कने भन्ने नाम तय नभईसकेपनि नेकपा एसको जिल्ला कमिटिमा रहेका अधिकांश नेता तथा गाउँ कमिटि स्तरका नेता तथा कार्यकर्ताहरु एमालेमा फर्कने छन् ।

एमालेमा फर्कन लागेका नेताहरुलाई नेकपा एमालेका केन्द्रीय उपसचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गन्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्ट लगायतका नेताहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
श्रेष्ठ र कार्कीको एमाले फिर्तासँगै नेकपा एस तनहुँमा थप कमजोर हुने भएको छ । समाजबादीका नेताहरुलाई एमालेमा फर्काउन एमालेका उपमहासचिव गुरुङ तथा केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतका नेताहरुले केही समय अघि देखि पहल गर्दै आएका थिए ।

बुधबार साँझ गुरुङ र न्यौपाने लगायतका नेताहरुले श्रेष्ठ र कार्कीलाई दमौलीमा भेटी एमालेमा फर्किने विषयमा अन्तिम टुंगो लगाएका थिए । कार्कीले विहिबार विहान आफ्नो फेसबुकबाट एमाले नेता गुरुङसँग आफ्नो पारिवारिक भेट भएको तश्विर सार्वजानिक गरेका थिए ।

पछिल्लो समय माओवादी केन्द्रको नेतृत्वमा बनेको समाजबादी मोर्चामा नेकपा एसको सहभागिता भएपछि श्रेष्ठ र कार्की लगायतका नेताहरु असन्तुष्ट बनेका थिए । उनीहरुले अव नेकपा एस भविष्यमा माओवादीपार्टीमा बिलय हुने निश्चित भएको भन्दै आफ्नो मुल घर एमालेमै फर्कने विषयमा छलफल थालेका थिए । श्रेष्ठ र कार्कीलाई एमालेमा जानबाट रोक्न नेकपा एसका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठले प्रयास गरेपनि उनीहरु अव नरोकिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि