पुष्पलाल स्मृति दिवसमा एमालेले बृक्षारोपण गर्ने

Devghat Online

शेयर गरौ

दमौली, साउन ६

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले तनहूँले बृक्षारोपण गर्ने भएको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आईतबार नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा व्यास नपा ४ स्थित सहिद कालिका जंगल पार्कमा बृक्षारोपण कार्यक्रम हुने भएको छ ।
सो बृक्षारोपण कार्यक्रममा उपस्थित हुन एमाले तनहुँले कार्यकर्ताहरुलाई अनुरोध गरिएको एमाले जिल्ला सचिव राजेश्वर ढकालले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म वि.स.१९८१ असार १५ गते आमा तुलसीकुमारी र वुवा भक्तलाल श्रेष्ठको कोखबाट काठमाडौं भएको थियो । उनको निधन भने २०३५ साउन ७ गते भारतको राजधानी नयाँ दिल्ली स्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचारको क्रममा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो