हल गोरु पाल्ने कृषकलाई दश लाख अनुदान

Devghat Online

शेयर गरौ

दमौली, साउन १०

तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो ।

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि कृषकलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । गाउँपालिकाले सात वटै वडाका कृषकलाई प्रोत्साहन स्वरुप दश लाख रुपैयाँ वितरण गरेको छ । गाउँपालिकाले हल गोरु पोषण अनुदान बापत सबै वडाका दुई सय ५० जना कृषकलाई जनही रु चार हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो । प्रोत्साहन रकम पाएपछि लम्पी रोगबाट प्रभावित भएका पशुहरुको संरक्षणमा सहयोग पुग्ने भन्दै कृषक खुसी भएका छन् ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको बताए । उनले भने, ‘प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषक अझै बढ्न वश्वास गरेका छौ । गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन ।’ गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिए गाउँपािलकाले दुई हजार एक सय ९८ पशु लाई लम्पी स्किन विरुद्धको खोप लगाइसकेको छ ।

पशु सेवा शाखा प्रमुख डा. शाहका अनुसार गाइ, गोरु, भैसी, राँगालाई उक्त खोप लगाइएको हो । त्यस्तै पाँच सय १७ पशु वस्तुको उपचार गरिएको छ । गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनको आधारमा अनुदान रकम समेत उपलब्ध गराएको छ । गाउँपालिकाको पशु सेवा शाखाको दूधमा अनुदान कार्यक्रम अन्तर्गत उत्पादनका आधारमा पालिकाले कृषकलाई रु १४ लाख ९८ हजार पाँच सय ८२ अनुदान रकम उपलब्ध गराएको छ ।

गाउँपालिकाले प्रति लिटर रु ९.२० को दरले उत्पादनका आधारमा अनुदान दिने नीति बमोजिम तीन वटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरेको छ । म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध विक्री गर्ने कृषकलाई रु ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत् दूध विक्री गर्ने कृषकलाई रु दुई लाख १२ हजार दुई सय ३२ र साँगे चारहजार दु ग्ध उत्पादक हकारीमार्फत् दूध विक्री गर्ने कृषकलाई रु एक लाख ६५ हजार एक सय ६३ रकम वितरण गरिएको पशु सेवा शाखाले जानकारी दिएको छ ।

म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध उत्पादन गरी विक्री गरेको हो । यो आर्थिक वर्षमा गाउँपालिकाबाट एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । दूधमा अनुदान कार्यक्रममार्फत् म्याग्दे सहकारीका ५५, गौ सेवा सहकारीका १० र साँगे चार हजार सहकारीका २२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक