व्यासमा खरको छाना विस्थापित कार्यक्रम प्रभावकारी बन्दै

Devghat Online

शेयर गरौ

दमौली, साउन १५

तनहूँको व्यास नगरपालिकाले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई नगरपालिकाले जस्तापाताले घर छाउने गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० मा ६८ जना अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको नगरपालिकाको घर नक्सा शाखाका प्रमुख अमृत केसीले जानकारी दिए ।

५१ लाख रुपैयाँ लागतमा जस्तापाता लगाइएको उनले बताए । नगरपालिकाले प्रतिघर ७५ हजार रुपैयाँ लगानीमा जस्तापाता लगाएको थियो । धेरै वर्षदेखि खरको छानामा बसेकी व्यास १३ की फुलमाया विकले जङ्गलको नजिक घर हुँदा खरको छानामा आगलागीको डर हुने गरेको बताईन् ।

उनका अनुसार नगरपालिकाको सहयोगमा जस्तापाता लगाएपछि अहिले डर हटेको छ । तनहूँ क्षेत्र नं १ अन्गर्त नगरपालिकाले वडा नं ५ र ६ बाहेक अन्य वडामा खरको छाना विस्थापित गरि घरमा जस्तापाता लगाउने गरेको छ ।

जस अन्तर्गत व्यास १ मा ७, व्यास ४ मा १, व्यास ७ मा ७, व्यास ८ मा ३, व्यास ९ मा ४, व्यास १० मा १७, व्यास ११ मा ३, व्यास १२ मा ६, व्यास १३ मा ३ र व्यास १४ मा ८ घरमा जस्तापाता लगाएको छ । सुरक्षति नागरिक आवास कार्यक्रम अन्र्तगत तनहूँ क्षेत्र नं १ मा दुई घर धुरी परेका थिए । जसमा ६८ जनालाई पहिलो किस्तामा ४५ हजार रकम दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको