देवघाटमा स्नान गर्ने क्रममा नदीले बगाएर तिर्थयात्री वेपत्ता

Devghat Online

शेयर गरौ

देवघाट, साउन १९

नदीले बगाएर देवघाट धामबाट एक तीर्थयात्री बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणी सङ्गम (त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गमस्थल) बाट बेपत्ता भएका हुन् ।

देवघाट दर्शन गर्न आएका  दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने वर्ष ३२ का लोकेन्द्र भुसाल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

भुसाल शुक्रवार बिहान ७ः १५ बजे बगाई बेपत्ता भएकोमा खोजतलास भइरहेको र हालसम्म फेला नपरेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक