घिरिङमा सुन्धारा खानेपानी योजनाको उद्घाटन

Devghat Online

शेयर गरौ

घिरिङ, साउन १८

घिरिङ गाउँपालिकाकाका– ३ मा सुनधारा खानेपानी निर्माण आयोजनाको उद्घाछन सम्पन्न भएको छ । गत मंगलबार सुनपानी आमा समूह भवनमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर थापाले खानेपानीको उद्घाटन गरेका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले खानेपानी योजनाको एक घर, एक धारा अभियानलाई प्राथमिकताका साथ निरन्तरता दिइएको बताए । घिरिङमा ५९९ घर धारा निर्माण सम्पन्न भैसकेको छ । हाल सम्म वडा नं १ मा ३९० धारा, वडा नं २ मा ३३, वडा नं ३ मा ९८, वडा नं ४ मा ७३ र वडा नं ५ मा ५ धारा निर्माण सम्पन्न भएको जानकारी अध्यक्ष थापाले दिए ।

खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष अध्यक्ष मिलन बिकको अध्यक्षतामा भएको सो कार्यक्रमका बिशिस्ट अतिथी घिरिङ गाउँपालिका निबर्तमान अध्यक्ष रन बहादुर रानाले सुनपानी आमा समुहको भवन र खेल मैदान उद्घाटन गरे । आफ्नो कार्यकालमा सामुदायिक भवन निर्माण, खानेपानी एक घर एक धारा, बिधुत जस्ता कार्य गर्न सफल भएको रानाले दाबी गरे । संस्थापक अध्यक्षको नाताले गाउँपालिकालाई सुझाव दिइरहेको उनले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधादेवि अधिकारी, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद पोखरेल, निबर्तमान उपाध्यक्ष सरस्वती सिग्देल, वडा नम्बर ३ का अध्यक्ष तहलसिंह थापा, कांग्रेस सभापती यामबहादुर थापा, एमाले उपाध्यक्ष सुमनकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

सो खानेपानी योजनाको लागि गाउँपालिकाले ६ लाख ५५ हजार बजेट बिनियोजन गरेको थियो । उक्त कार्यक्रमको सन्चालन दिल कुमार बिकले गरेका थिए भने स्वागत मन्तब्य गोपाल बिकले राखेका थिए । सोही कार्यक्रमको अबसरमा भवन निर्माणको लागि जग्गादाता तथा विभिन्न कार्यको लागि सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान पत्र सहितको सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको