आँबुखैरेनीमा अध्यक्षसँग कृषि कार्यक्रम सुरु, २० हजार सयपत्रीका विरुवा रोपियो

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, साउन २१

आँबुखैरनी गाँउपालिकाले अध्यक्षसँग कृषि कार्यक्रम सन्चालन गरेको छ । सो कार्यक्रम अन्तर्गत वडा नम्बर १ मा २० हजार भन्दा बढी सयपत्री फुलका विरुवा रोप्ने अभियान सुरु भएको छ ।

अध्यक्षसँग कृषि विकास कार्यक्रम अन्तर्गत आमा समुह मार्फत अभियान सन्चालन गरिएको गाउँपालिकाकाका अध्यक्ष शुक्र चुमानले बताए । आमा समुहलाई उत्पादनमूलक समुहमा परिणत गर्ने अभियान अन्तर्गत आमा समुह मार्फत ब्यवसायीक फुल खेतीसुरु गरिएको अध्यक्ष चुमानले बताए ।

पुष्प व्यवसायबाट कृषकहरुको आयआर्जन गर्न साथै बिदेशबाट हुदै आएको पुष्प आयतलाई प्रतिस्थापन गरि गाँउपािलकालाई पुष्पमा आत्मिनभर बनाउन यो कार्यक्रमको लक्ष्य रहेको चुमानले बताए ।
पहिलो चरणमा अभियान अन्तर्गत वडा नम्बर १ को आधिमुल आमा समूह मार्फत ८ हजार ४ सय र यान्चोक आमा समूह मार्फत १२ हजार विरुवा रोप्न सुरु गरिएको हो । पहिलो चरणमा १७ रोपनी जग्गामा पुष्प खेती सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को