म्याग्दे गाँउपालिकाले लम्पि स्किनबाट पशु मृत्यृ भएका कृषकलाई राहत दिने

Devghat Online

शेयर गरौ

दमौली, भदौ १८

म्याग्दे गाँउपालिकाले गाउँपालिका भित्र लम्कि स्क्रिन रोगवाट पशुको मृत्यृ भएका कृषकलाई राहत दिने भएको छ । यसको लागि मृत्यु भएका पशुको विवरणको लगत संकलन गर्ने भएको छ ।

गाँउपालिकाको पशु सेवा शाखाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय स्तरमा पालिएको पशु चौपायको आकस्मिक क्षतिको कारण सहयोग ‘पुर्नस्थापनाका लागी व्यवसाय पुर्नस्थापना सहयोग कार्यक्रम’ अन्तरगत पशु मृत्युको लगत संकलन गर्ने भएको हो ।

आकस्मिक रुपमा देखा परेका लम्पि स्क्रिन रोगका कारण हाल सम्म मृत्यृ भएको पशुको विवरण सम्पुर्ण वडा कार्यलय मार्फत वुझाउन गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर रानाले जारी गरेको विज्ञप्तीमा जनाईएको छ । उक्त विवरण संकलन गरि कृषकलाई आवश्यक राहत उपलब्ध गराईने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्