दमौली, भदौ २१
तनहुँमा विहिबार भएको मोटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–४ नरीकोट बस्ने ३३ बर्षिया कमला राना रहेकी छिन् । खैरेनिटारबाट भिमाद तर्फ जाँदै गरेको ग १६ प ५९६८ नम्बरको मोटरसाइकलमा सवार उनी उक्त म्याग्दे गाउँपालिका–५ थाङदीमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको हो ।



दुर्घटनामा घाईते भएककी उनको तत्काल उद्धार गरी उपचारको लागि जिपि कोईराला श्वास प्रश्वाश उपचार केन्द्र बेलचौतारामा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक भिमाद नगरपालिका–४ नरीकोटका २७ वर्षिय योगेश थापा र उक्त मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र सो घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।











