अबैध लागू औषध सहित पाँच जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, भदौ २१

तनहुँमा अबैध लागु औषध सहित विभिन्न समयमा पाँच जना पक्राउ परेका छन् । गत भदौ १९ गते मंगलबार आँबुखैरेनी गाउँपालिका–४ बेनीटार पुलजिप स्थित पृथ्बी राजमार्ग सडक खण्डमा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ पैदल आउदै गरेका जिल्ला गोरखा सहिद लखन गाउँपालिका–२ मनकामना बस्ने २० बर्षिय आयुश थापा मगर र सोही ठाउँका २१ बर्षिय अजय परियारलाई शंका लागी शरिर खान तलासी गर्दा अजय परियारले पछाडी भिरेको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम लेखिएको २ एमलएलको सिसि थान–५, भुप्रेनोर्फिन लेखिएको २ एमएल को सिसि थान–५ र फेनेग्रान लेखिएको २ एमएल को सिसि थान–५ गरी जम्मा १५ एम्पूल लागू औषध डाईजेपाम सहित मगर र परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मगर र परियारलाई विहिबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि मंगलबार नै आँबुखैरेनी गाउँपालिका–४ बेनीटार पुलजिप स्थित पृथ्बी राजमार्ग सडक खण्डमा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ पैदल आउदै गरेका गोरखा जिल्ला आरुघाट गाउँपालिका–६ स्थायी घर भई हाल गोरखा नगरपालिका–१३ मझुवा बस्ने २९ बर्षिय सन्तोष परियारलाई शंका लागी शरिर खान तलासी गर्दा निजको साथबाट डाईजेपाम लेखिएको २ को सिसि थान–६, भुप्रेनोर्फिन लेखिएको २ एमएल को सिसि थान–६ र फेनेग्रान लेखिएको २ एमएलको सिसि थान–६ गरी जम्मा १८ एम्पूल लागू औषध डाईजेपाम सहित परियारलाई पक्राउ गरि विहिबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरि बुधबार दिउँसो आँबुखैरेनी गाउँपालिका–४ बेनीटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ पैदल आउदै गरेका कास्की जिल्ला पोखरा महानगर पालिका–५ पस्र्याङ बस्ने २० बर्षिय सुजन सुनार र सोही ठाउँका २१ बर्षिय अजय नेपालीलाई शंका लागी शरिर खानतलासी गर्दा सुजन सुनारले हातमा झुण्डाएको जेब्रा झोला भित्र २ के.जि.लागु औषध गाँजा फेला पारी उक्त गाँजा सहित सुनार र नेपालीलाई पक्राउ गरी विहिबार जिल्ला अदालतबाट सात दिनको म्याद थप लिर्ई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका