गोवंश रक्षार्थ शनिबार नारायणी किनारमा विशाल धार्मिक सभा हुने

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ २२

धरान लगायत देशका विभिन्न स्थानमा भएको गाई हत्याको विरोध एवम् गोवंश रक्षार्थ नारायणी नदी किनारमा आगामी शनिबार विशाल धार्मिक सभा हुने भएको छ । उक्त धार्मिक सभाको लागि गोवंश रक्षार्थ गोवंश रक्षा अभियान–२०८० विशाल धार्मिक सभा आयोजक समिति गठन गरिएको छ ।

सभा आयोजनाकोलागि नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको संयोजकत्वमा १९५ सदस्यिय मुल आयोजक समिति बनाईएको छ । सभामा ॐ कार परिवार (बैदिक, बौद्ध, जैन, शिख, किराँत र प्रकृतिपुजक) हरुको सहभागिता रहने बताईएको छ ।

आयोजक समितिको निर्देशन मण्डलमा देवघाटधामका महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, स्वामी रमणानन्द गिरी, लंकुस्थित लक्ष्मी बैकुण्ठनाथ मन्दिरका महन्त आचार्य जगन्नाथ शर्मा र निम्बार्क दर्शन केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक हरिशरण आचार्य लगायतका सन्तहरु रहेका छन् ।

‘अनेकतामा एकता सनातन वैदिक हिन्दु धर्मको विशेषता, ओमकार परिवार (वैदिक, बौद्ध, जैन, शिख, किरात र प्रकृतिपूजक) एक होऔ । संविधानको पालना गराऔँ’ भन्ने नारा सहित धार्मिक सभा हुन लागेको श्री गण्डकी नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष एवम् धार्मिक सभाको प्रचारप्रसार समितिका संयोजक प्रेमनिधी भारद्धाजले बताए ।

सभा अघि चितवनको विभिन्न चार वटा स्थानबाट र्याली निकालिने भएको छ । भरतपुरको चौबिसकोठी, नारयणगढको पोखरा बसर्पाक, नारयणगढको धर्मचोक र गैंडाकोटको भृकुटचोकबाट र्याली निस्एिर नारयणी किनारमा पुगी सभामा परिणत हुनेछ ।

उक्त सभामा सहभागी हुन विभिन्न धार्मिक संघ संस्थाले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले