आफु खुशी स्टिकर टाँसी बढी मुल्यमा सामान बिक्रि गर्ने पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, भदौ २४

आफु खुशी स्टिकर टाँसी बढी मुल्यमा सामान बिक्रि गर्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दे गाउँपालिका–२ जामुने रिमाले स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अर्जुनबहादुर रानाभाटले सन्चालन गर्दै आएको पोखरा हाईवे रेष्टुरेन्ट एण्ड खाजा घरमा कम्पनीको प्रिन्ट लेबल छोपेर सो माथि आफु खुशी बढी मुल्यको स्टिकर टाँसी सामानहरु बिक्रि गरेको आरोपमा रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो ।

आफु खुशी बढी मुल्यको स्टिकर टाँसी सामानहरु बिक्रि गरेको भन्ने सुचनाको आधारमा गत भदौ २१ गते जिल्ला प्रशासन कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले स्थानिय जनप्रतिनिधीको रोहबरमा उक्त खाजा घरमा चेकजाँच गर्दा दोहोरो लेबलिङ गरी राखेको बिभिन्न खाद्यपदार्थहरु भेटिएको थियो ।

सो क्रममा ति खाद्यपदार्थहरु बरामद गरी रानाभाटलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धि कसुरमा चार दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण