देवघाट, भदौ २५
देवघाट गाउँपालिका–५ स्थित सुन्दरशिल टोल अन्तर्गतको परिवर्तन उपभोक्ता समूहले कालिका माविको पर्खाल निर्माण गर्दा बचत भएको रकम विद्यालयलाई नै हस्तान्तरण गरेको छ ।



देबघाट गाउँ पालिका वडा नम्बर ५ बाट गत आर्थिक बर्ष ०७९÷०८० को बजेट मार्फत कालिका माविको २७.५ मिटर पर्खाल निर्माणकोलागि इन्जिनियरिङ इस्टमेट अनुसार बिनियोजित तिन लाख रुपैयाँबाट २९.६ मिटर पर्खाल निर्माण सम्पन्न गरि बचत भएको ३० हजार रुपैयाँ सोमबार विद्यालयलाई नै हस्तान्तरण गरेका छन् ।
गाउँपालिकाको इस्टमेट अनुसार २७.५ मिटरको पर्खाल बनाउने कार्यमा २९.६ मिटरको पर्खाल बनाई कार्यालयले कटाएको कन्टल्जेन्सी र मर्मत सम्भार कोषको रकम समेत कट्टी गरि भुक्तानी हुन आएको रकमबाट निर्माण सम्पूर्ण भुक्तानी गरि बचत भएको ३० हजार रुपैयाँ कालिका मावि देवघाटलाई हस्तान्तरण गरेको उपभोक्ता समुहका अध्यक्ष बलबहादुर क्षेत्रीले बताए ।
सो विद्यालयको शिक्षक अभिभावकसंघका अध्यक्ष समेत रहेका क्षेत्रीको नेतृत्वमा विकास निर्माणको कामबाट बचत हुन आएको रकम विद्यालयलाई प्रदान गरिएको विद्यालयले जनाएको छ । यस कार्यमा उपभोक्ता समुहका रहेका बिष्णुप्रसाद पौडेल, दिवाकर मिश्र, भगवान मल्ल, यमनाथ पौडेल, प्रकाश पण्डित, अनोद पोख्रेल, मधुमाया पौडेल, निशा दाहाल, कृष्ण पौडेल, सीता दुलाल, शान्ति घर्ती लगायतको सहयोग रहेको संयोजक क्षेत्रीले बताए ।
रकम हस्तान्तरण समारोहमा वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरको पनि उपस्थिीती रहेको थियो । सो अवसरमा वडा अध्यक्ष कुवँरले उपभोक्ता समुहले गरेको यो कार्य निकै सरहानीय रहेको भन्दै यसबाट अन्य उपभोक्ता समुहले पनि सिक्नु पर्ने बताए ।












