दाजुभाइको शत्रुताले स्वाहा एक निर्दोष परिवार

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ ३१

काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई नै सो घटनामा संलग्न हुन सक्छन् ।

घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए । सःमिलमा काम गर्ने मोरङ बेलबारीका अन्दाजी २० वर्षका नवीन राईलाई दीपेन्द्रले कुटपिट गरेपछि छुट्याउने क्रममा त्यहीँ कार्यरत दोलखाका ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया सुभद्रा भुजेलले अनाहकमा ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेकाले सत्यतथ्य बाहिर आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

टहरामा बस्नेहरूमाथि धारिलो हतियार प्रहार भएको थियो । त्यहाँ दुई पुरुष र दुई महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । तीनकुनेस्थित प्रहरी कार्यालयमा आफैं पुगेका दीपेन्द्रको जुत्ता र कपडामा रगत देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट सडकमा निस्किएपछि राईले ट्याक्सी भेटेको र चालकसँग तीनकुनेको प्रहरी कार्यालयमा आफूलाई पु¥याइदिन भनेको बताइएको छ । दीपेन्द्रलाई प्रहरी कार्यालय पुर्याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरिएको थियो । चालकले प्रहरीलाई दिएको जानकारीअनुसार दीपक हड्बडाउँदै ट्याक्सीमा चढेका थिए र शरीरमा रगत लतपतिएका कपडा लगाएका उनले आफूलाई प्रहरी कार्यालय पुर्याइदिन भनेका थिए ।

मिलका सञ्चालक बालकृष्ण शिवाकोटीले भने शनिबार बिहान प्रहरीले जानकारी दिएपछि मात्रै घटनाबारे थाहा पाएका थिए । थाहा पाएपछि उनी तुरुन्तै घटनास्थलमा आइपुगेका थिए । मिलका सञ्चालक शिवाकोटीका अनुसार हत्या भएका कुमार र अम्बिका मिलकै कर्मचारी हुन् ।

कुमारकी आमा सुभद्रा भुजेल भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् र गोकर्णमा श्राद्ध गरेर घर जानुअघि त्यहाँ आएकी थिइन् । (नागरिक न्युज डटकमबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल