दमौली सभाहलको उदघाटनको लागि राष्ट्रपति पौडेल शनिबार दमौली आउने

Devghat Online

शेयर गरौ

दमौली, असोज ५

दमौलीमा निर्माण गरिएको सभाहलको उदघाटनको लागि राष्ट्रपती रामचन्द्र पौडेल भोलि शनिबार दमौली आउने भएका छन् ।

राष्ट्रपति पौडेलले शनिबार दिउँसो आयोजना हुने विशेष कार्यक्रमका विच सभाहलको उदघाटन गर्ने छन् । यसअघि जिल्ला सभागृहको नाममा निर्माण गरिएको उक्त हललाई दमौली सभाहल नामाकरण गर्ने निर्णय भएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको पहिलो गृह जिल्ला आगमन हुने भएको हो ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट शनिबार मध्यान्ह भानु नपा-१३ मिर्लुङ स्थित भयरथान मन्दिरमा पुजा सकेपछि १२.३० बजे सभाहल उदघाटनको लागि दमौली आउने भएका हुन् ।

सभाहल उदघाटन अघि सभाहल परिसरका रहेको विपि कोईरालाको शालिकको राष्ट्रपतिले अनावरण गर्ने कार्यक्रम रहेको छ । सभाहल उद्घाटन कार्यक्रमलाई  भव्य बनाईने र त्यसको सबै तयारी पूरा भईसकेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण