उद्योग संघ चितवनको महिला मञ्चमा मनोमानी भएको आरोप

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

असोज ५, चितवन ।

चितवन उद्योग संघको महिला मञ्चको नयाँ नेतृत्वका लागि मनोनयन दर्ताको क्रममा मनोनयन दर्ता गर्न नदिए पछि संघकी सदस्य अम्बिका धितालले बिरोध जनाउनुभएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उहाँले महिला मञ्चमा संघको नेतृत्वले मनोमानी गरेको आरोप लगाउनु भएको छ ।

 

उहाँले भन्नुभयो “संघको नेतृत्वले चाहेको व्यक्तिलाई नेतृत्वमा ल्याउन बिधान संसोधन गरियो ।” संघले बिधान संसोधन गरेर अध्यक्ष वा पूर्ब अध्यक्षहरुले प्रस्ताव गर्नुपर्ने व्यवस्था गरेको भन्दै उहाँले महिला मञ्चलाई परिवार मञ्च बनाउन खोजीएको आरोप लगाउनु भयो । उहाँले थप्नुभयो “महिला मञ्च हो की श्रीमती साली मञ्च हो ।”
संघको नेतृत्वमा रहँदा आँफुले संघलाई पु¥याएको योगदान र सदस्यहरुको रोजाईमा आँफु परेको भए पनि नेतृत्वले आँफुलाई मनोनयन दर्ता समेत गर्न नदिएको उहाँले बताउनुभयो ।
संघका अध्यक्ष त्रिलोचन कंडेलले धितालको उम्मेदवारी संघको बिधान बिपरित भएका कारण लिन नसकीएको बताउनुभयो । उहाँले भन्नुभयो “नेतृत्व गर्न मञ्चको पदाधिकारी हुनु पर्छ । सदस्यले उम्मेदवारी दिन नपाउने बिधान भएकाले उहाँको उम्मेदवारी लिन नसकीएको हो ।” उहाँको प्रस्तावक र समर्थमा पूर्व अध्यक्षहरु नभएका कारण बिधान अनुसार उम्मेदवारी आउनु पर्ने कंडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले