चितवनमा टाटाको नयाँ शोरुम सहित टियागो इभी र पन्चको बिक्री शुभारम्भ

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

असोज ५, चितवन ।

चितवनमा शुक्रबारबाट टाटा टियागो इभी र पन्चको बिक्री शुभारम्भ गरिएको छ । टाटा मोटर्सले आफ्ना उत्पादन बिक्री वितरणका लागि भरतपुुर–१० स्थित रिजाल चोकमा तीन हजार पाँच सय वर्गफिट क्षेत्रफलमा टाटाको नयाँ उत्पादन बिक्रीका लागि ‘सेढाई होल्डस’ सञ्चालनमा ल्याउने क्रममा नेपालमा भखरै सार्वजनिक भएको टाटाको टियागो इभी तथा टाटा पन्च नामका दुई नयाँ गाडीहरुको बिक्री शुभारम्भ गरिएको हो ।

 

सेढाई होल्डसमा टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुने एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देश सेढाईले बताउनुभयो । कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्तजङ्ग सिजापती तथा सेढाई होल्डसकी अध्यक्ष शर्मिला सेढाईले दुवै गाडी चितवनमा सार्वजनिक गर्नुभएको हो ।
शोरुमको उद्घाटन समारोहमा बोल्दै सिजापतीले भन्नुभयो, “टाटा मोटर्सका लागि महत्वपूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हामो प्रयत्नलाई सबल बनाएको छ । ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ र एसएच मोटर्सको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमा बिक्री सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौँ ।”
मोटर्सकाका व्यवस्थापकीय प्रमुख सेढाईले कार्यक्रममा सम्पूर्णलाई स्वागत गर्दै टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्चस्तरको सेवा स्थानीय स्तरमै दिन पाउदा खुशी लागेको बताउनुभयो । समुच्च जिपटन प्रविधिले सुसज्जित टियागो इभी पाँच स्तम्भहरुमा उभिएको भन्दै सेढाईले गाडीमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आराम रहेको बताउनुभयो ।
त्यसैगरी, टाटाको ‘न्यु फरेभर’ रेञ्ज अन्तर्गतको पन्चको चार आधार स्तम्भहरु मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा भएको बताउनुभयो । पन्च गाडी हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित रहेको उहाँको भनाइ छ । यी दुई गाडीहरुले चितवनका ग्राहकहरुको मन र मष्तिस्कमा अमिट छाप छोड्ने विश्वास लिएको कार्यक्रमकी प्रमुख अतिथि सेढाई होल्डसकी अध्यक्ष शर्मिला सेढाईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र