यि हुन् एमाले तनहुँका प्रदेश अधिवेशन प्रतिनिधिहरु

Devghat Online

शेयर गरौ

दमौली, असोज १०

नेकपा एमालेको यही असोज १५ र १६ गते पोखरामा हुने प्रथम गन्डकी प्रदेश अधिवेशनकोलागि तनहुँका सबै स्थानीय तहबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएको एमाले जिल्ला सचिव राजेश्वर ढकालले जानकारी दिए ।

सबै पालिकाबाट पार्टी संगठित सदस्यताको संख्याको आधारमा प्रतिनिधि छनौट गरिएको थियो । सबैभन्दा धेरै प्रतिनिधिहरुमा शुक्लागन्डकी नगरपालिकाका सबैभन्दा धेरै छन् । तनहुँबाट कुल ८२ प्रतिनिधिहरु छनौट भएकोमा २६ जना महिला रहेका छन् । महिला मध्ये दलित महिलाको संख्या ७ जना रहेको छ ।

एमालेका अनुसार छनौट भएका प्रतिनिधिहरुमा व्यास नगरपालिकाबाट श्रीराम कार्की, अमर भण्डारी, प्रदिपराज अधिकारी, अनिल पाण्डे र तुल्सीराम पाण्डे, बिन्दु बस्नेत, बसुन्धरा घर्ती, मोहनकुमार विक, कविता बराईली, मदन तिमिल्सेना र बमबहादुर थापा रहेका छन् ।

त्यस्तै भानु नगरपालिकाबाट कृष्णराज ढकाल, सिताराम बजगाँई, रामबहादुर गुरुङ, प्रेम राना, शंकर रानाभाट, रामप्रसाद सापकोटा, लक्ष्मण मजकोटी, शारदा बोहोरा, देवु विष्ट र मिठुमाया गन्धर्व रहेका छन् ।

त्यसैगरि शुक्लागन्डकी नगरपालिकाबाट रामचन्द्र उपाध्याय, श्यामराजा महत, रुद्र पौडेल, हर्क गुरुङ, सुर्यबहादुर गुरुङ, दुर्गाकुमार श्रेष्ठ, कमल ढकाल, खिमबहादुर कुमाल, मुक्तिनाथ तिमल्सेना, खिमबहादुर महत, फुलमाया वाग्ले, सरस्वती सिग्देल, विष्णुमाया ढकाल, बुद्धिमाया गुरुङ, भरत लामगादे, सन्तोष विक, ऋतु नेपाली र विर्सना श्रेष्ठ रहेका छन् ।

यस्तै भिमाद नगरपालिकाबाट केदार सिग्देल, धर्म खनाल, नारयण खनाल, मेखबहादुर थापा, ऋषिराम राना, इमान बहादुर थापा, कृष्णकुमारी श्रेष्ठ, शारदा खनाल, विवता थापा, बाबुराम सुनार, कोपीला नेपाली, उज्वल खनाल रहेका छन् ।

यस्तै बन्दिपुर गाउँपालिकाबाट इन्द्र कुँवर, सुरेन्द्रबहादुर थापा, काशिनाथ भट्टराई, फुलमती थापा र भिमबहादुर गौतम रहेका छन् भने आवुँखैरेनी गाउँपालिकाबाट उपेन्द्र देवकोटा, ऋषि केसी, मिना अधिकारी र सम्झना विक रहेका छन् ।

यस्तै ऋषिङ गाउँपालिकाबाट राजेश्वर ढकाल, गन्जसिंह गुरुङ, हुमादेवी रानाभाट र धनबहादुर विक रहेका छन् भने म्याग्दे गाउँपालिकाबाट श्रीप्रसाद श्रेष्ठ, रत्नादेवी घिमिरे, हरिबहादुर थापा, सिता घिमिरे, सुनिता नेपाली र बसन थापा छनौट भएका छन् ।

यस्तै घिरिङ गाउँपालिकाबाट होमबहादुर थापा, विष्णुभक्त सिग्देल, रनबहादुर राना र रणबहादुर गुरुङ, महिला तर्फ सरस्वती सिग्देल र राधा देवी अधिकारी तथा दलित तर्फ भुवन विक र दलित महिलामा सेतीमाया विक रहेका छन् भने देवघाट गाउँपालिकाबाट हरिराज कंडेल, भिमबहादुर गुरुङ, सावित्री न्यौपाने र नरबहादुर विक प्रतिनिधि छनौट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण