देवघाट घुम्न आएका दुई जना नुहाउने क्रममा नारयणीमा बेपत्ता

Devghat Online

शेयर गरौ

देवघाट, असोज ११

देवघाट घुम्न आएका दुई जना नारयणी नदीमा नुहाउने क्रममा विहिबार बिहान बेपत्ता भएका छन् । बिहिबार बिहान करिब ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्दै आएका १७ बर्षिय पंकज दाहाल बेपत्ता भएका हुन् ।

भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए । धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त भ्रमणमा उनीहरु देवघाट आएका थिए ।

नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबा खटिएको टोलीले बेपत्ता भएकाको खोजी कार्य गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण