पोखरा, असोज १५
नेकपा एमाले गन्डकी प्रदेशको प्रथम अधिवेशन आजदेखि पोखरामा सुरु हुने भएको छ । अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।



पोखराको अमरसिंह चौरमा अधिवेशनको भव्य उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ । उद्घाटन अघि पोखराको विभिन्न स्थानबाट र्याली निकाल्ने तयारी गरिएको छ ।
बन्दसत्र भने पोखरा सभागृहमा हुनेछ । बन्दसत्रमा गन्डकी प्रदेशका सबै जिल्लाका करिब १ हजार प्रतिनिधिले भाग लिने छन् । अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुनेछ ।
अधिवेशनको सबै तयारी पूरा भएको नेकपा एमाले गन्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जानकारी दिए ।












