महिला तर्फ कृष्णकुमारी श्रेष्ठ, देवु विष्ट र रत्नादेवी घिमिरे सर्वसम्मत निर्वाचित
पोखरा, असोज १८



पोखरामा जारी नेकपा एमाले गन्डकी प्रदेशको प्रथम अधिवेशनमा तनहुँको महिला तर्फको उम्मेदबारीमा सर्वसम्मत भएको छ । तनहुँबाट महिला तिन जनाको कोटा भएकोमा उम्मेदबारको अन्तिम नामावलीमा तिन जनाको मात्र समावेश गरेको छ । उम्मेदबारी दिएका मध्ये विष्णु माया ढकालले आफ्नो उम्मेदबारी फिर्ता लिएपछि तनहुँका तिन जना महिला प्रदेश सदस्य सर्वसम्मत भएका छन् । सर्वसम्मत हुनेमा भिमादकी कृष्णकुमारी श्रेष्ठ, भानुकी देवु विष्ट र म्याग्देकी रत्नादेवी घिमिरे रहेका छन् ।
तनहुँका अन्य क्षेत्र तर्फ भने सर्वसम्मत भएको छैन । तनहुँ जिल्लाको भुगोलको खुल्ला तर्फ २ जना निर्वाचित हुनु पर्नेमा उक्त क्लष्टरमा ४ जनाले उम्मेदबारी दिएका छन् । इन्द्रबहादुर कुँवर, मेखबहादुर थापा, रामबहादुर गुरुङ र रामचन्द्र उपाध्यायले जिल्ला भुगोलको खुल्ला तर्फ उम्मेदबारी दिएका हुन् । यस्तै तनहुँले पाएको दलित १ सदस्यकोलागि मोहन सुनार र बाबुराम सुनारले उम्मेदबारी दिएका छन् ।
यसैगरि संघीय निर्वाचन क्षेत्रमा एक÷एक जना सदस्य पाएकोमा दुबै क्षेत्रमा दुई÷दुई जनाको उम्मेदबारी परेको छ । क्षेत्र नम्बर १ मा व्यासका अम्मरबहादुर भण्डारी र भानुका प्रेम राना तथा क्षेत्र नम्बर २ मा शुक्लागन्डकीका कमल ढकाल र भिमादका धर्म खनालले उम्मेदबारी दिएका छन् ।
यस्तै प्रदेश खुल्ला तर्फ तनहुँका नारयण खनाल, श्यामराजा महत र रणबहादुर गुरुङको उम्मेदबारी परेको छ । यस अघि उक्त कोटामा उम्मेदबारी दिएका खिमबहादुर महत र सिताराम बजगाईले भने उम्मेदबारी फिर्ता लिएका छन् । दिएका छन् भने महिला खुल्ला तर्फ फुलमाया वाग्लेको उम्मेदबारी परेको छ ।
त्यसैगरि प्रदेश महिलाको युवा तर्फ उम्मेदबारी दिएकी डिना गोतामेले उम्मेदबारी फिर्ता लिएकी छिन् । आदिवासी जनजाती तर्फ रनबहादुर राना र होम थापाको उम्मेदबारी कायम नै रहेको छ भने मुस्लिम तर्फ उम्मेबारी दिएका महोम्मद सुलेमान मियाँले उम्मेदबारी फिर्ता लिएका छन् ।












